एपेक्स स्कूलमा “साइबर एक्सप्लोइट” कार्यक्रम

काठमाण्डौँ, २९ भदौ । सूचना प्रविधि, इन्टरनेट र सामाजिक सञ्जालको कारण साईबर अपराध र विकृति बढेको बेला यसबाट बचेर लाभ लिने गरी साईबर सदुपयोग गर्न आव्हान गर्दै एपेक्स लाईफ स्कूल सरस्वतीनगर काठमाण्डौंमा वृहत कार्यक्रम गरिएको छ । शनिबार विद्यालय परिसरमा आयोजित “साइबर एक्सप्लोइट” नामाकरण गरिएको कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालयबाट झण्डै २०० जना विद्यार्थी सहभागी थिए ।

एपेक्स लाइफ स्कुलमा सूचना प्रविधिका विविध कार्यक्रम सञ्चाल हँुदै आएका छन् । सूचना प्रविधि शिक्षक डेभिड गुरुङको संयोजन र विद्यार्थीहरुको महिनादिनको अथक प्रयास र सिर्जनशील क्षमता कारण उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


आधुनिकता, विश्वव्यापीकरण र सूचना प्रविधिको अहिलेको युगमा इन्टरनेटबाट लाभ लिन सकिने पक्ष एकातिर भएपनि यसको दुरुपयोग हुँदा विकृति बढेकोले त्यसलाई रोक्न र जनचेतना बढाउन यस कार्यक्रम सहयोगी भएको एपेक्स विद्यालयमा दुई दशकभन्दा बढी सेवा गर्नु भएका बरिष्ठ गणित शिक्षक ऋषिप्रसाद सापकोटा बताउनुहुन्छ । साइबर अपराध रोक्न प्रविधिले ल्याएको सजिलोबाट अधिकतम फाईदा लिन यहाँ भएको प्रदर्शनी, अन्तक्र्रिया र कार्यक्रमले सहयोग गरेको कार्यक्रमका सहभागीहरुले प्रतिक्रिया दिएका थिए ।

Advertisment