फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार निशान रानाको सहयोग !

पोखरा, १४ कात्तिक ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा फोटो पत्रकार निशान रानाले आर्थिक सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ जापान शाखाका कोषाध्यक्ष समेत रहेका रानाले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे ।
अक्षयकोष सहयोगदाता रानाले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए । आगामी दिनमा जापान र नेपालको फोटो पत्रकारिताको हितमा सहकार्य गर्दै जाने उनले प्रतिवद्धता जनाए ।
सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले फोटो पत्रकार रानालाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरुबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

Advertisment