फेवा आइडलको ग्राण्ड फिनालेका लागि १४ टिम छानिए

पोखरा, ६ पुस
गण्डकी प्रदेशको राजधानी पोखराबाट उदाएको फेवा टेलिभिजनको प्रस्तुती गण्डकी प्रदेशस्तरीय सामूहिक लोकसांस्कृतिक नृत्य प्रतियोगिता “फेवा आइडल”को ग्राण्ड फिनालेका लागि १४ टिम छानिएका छन् ।
गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा भएका अडिसनबाट छानिएका २७ टिममा नेवाः समाज, छाङछाङदी, हटिया, स्याङ्जा, ज्यामिरे आमा बाबा समूह, स्याङ्जा, सिम्ले जामुने समूह, सुन्दरबजार, लमजुङ, रामबजार पुन समाज, कास्की, नवयुवा क्लब, सिरुबारी, स्याङ्जा, अमलटारी मध्यवर्ती सामुदायिक होम स्टे, नवलपुर, घाँसीकुवा कौरा समूह रहेका छन् ।
त्यसैगरी, तनहुँ, पुन मगर समाज, ढुंगेपाटन, कास्की, पोंचोंको तमु समाज, कास्की, पार्वती गुफा हरिकीर्तन भजन समूह, पर्वत, लाली गुराँस पुन मगर समाज, लामाचौर, कास्की, झिँ सिर्जनशील नेवाः समाज, तनहुँ, सल्यान खनडाँडा, ताहुँ घडेरी तमु समाज, कास्की, धर्मोदय दशावतार बालन समूह छानिएका छन् ।
आगामी माघ ११ गते हुने ग्राण्ड फिनालेका लागि सेमिफाइनल राउण्डबाट १४ टिम छानिएको कार्यक्रम संयोजक सुजन बरालले जानकारी दिनुभयो । गत जेठ २३ गते स्याङ्जाको सिरुबारीमा फेवा आइडलको पहिलो अडिसन सम्पन्न भएको थियो । गण्डकी प्रदेशभित्रका लोपोन्मुख अवस्थामा पुगेका लोकसांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण गर्न टेवा पुग्ने विश्वास लिएको कार्यक्रम संयोजक बरालले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायकहरुमा तुलसी प्रवास, बुद्धिमान दुरा “धम्पु” र राम लामा रहनुभएको छ ।

Advertisment