न्यूयोर्क, ।
आजबाट न्युयोर्क राज्यसभा चुनावको प्रारम्भिक मतदान सुरू हुदैछ भने नेपाली मूलका सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ घिमिरे पनि अमेरिकाको न्युयोर्क राज्य विधानसभा (Assembly) को निर्वाचनका लागि क्वीन्सको डिस्ट्रिक ३० बाट उम्मेदवारीमा उठेका छन ।
जुन २३ मा समाप्त हुने मतदान डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिएका घिमिरेले नेपाली-अमेरिकी तथा दक्षिण एसियाली समुदायहरूसँग सहयोग र समर्थनको अपिल गरेका छन् । आजबाट प्रारम्भिक मतदान सुरू हुदैछ भने जुन २१ सम्म यो चुनाव जारी रहनेछ। एसेम्बली डिस्ट्रिक ३० मा क्वीन्सको वुडसाइड, ज्याक्सन हाइट्स, एल्महर्स्ट, मास्पेथ र मिडल भिलेजका क्षेत्रहरू समावेश छन् भने यश क्षेत्रमा एसियाली मुलका बासिन्दाहरूको बाक्लो बसोवास रहेको छ ।

सन् १९९६ देखि क्वीन्सको वुडसाइड क्षेत्रमा बसोबास गर्दै आएका घिमिरे दुई दशकभन्दा बढी समयदेखि नेपाली-अमेरिकी तथा दक्षिण एसियाली समुदायका श्रमिक, आप्रवासी र सामाजिक अधिकारका सवालमा आवाज उठाउदै आएका छन् । न्युयोर्क राज्य विधानसभाको क्वीन्स जिल्ला ३० मा घिमिरे ब्यालेट नम्बर एकमा उभिएका छन् । यश चुनावमा घिमिरे विजयी भए ईतिहासमै पहिलो नेपाली मुलका प्रतिनिधित्वको रूपमा हुनेछन ।
घिमिरेले आफ्नो चुनावी एजेन्डामा किफायती आवास, गुणस्तरीय शिक्षा, श्रमिक अधिकारको संरक्षण तथा सबै समुदायको समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा दिएका छन्।
न्यूयोर्क राज्य चुनाव बोर्डका अनुसार, मतदाताहरूले आफ्नो काउन्टीमा रहेको कुनै पनि तोकिएको प्रारम्भिक मतदान केन्द्रहरूमा जान सक्छन्, न्यूयोर्क शहर बाहेक जहाँ मतदाताहरूलाई एउटा प्रारम्भिक मतदान स्थलको क्षेत्र तोकिएको छ।
आफ्नो प्रारम्भिक मतदान स्थल फेला पार्न, यहाँ क्लिक गर्नुहोस्। https://voterlookup.elections.ny.gov/
आफ्नो काउन्टी निर्वाचन बोर्ड फेला पार्न, यहाँ क्लिक गर्नुहोस्। https://publicreporting.elections.ny.gov/CountyBoardRoster/CountyBoardRoster
र प्रारम्भिक मतदान मिति र समय पत्ता लगाउन, यहाँ क्लिक गर्नुहोस्। https://www.vote.nyc/elections






