महिला च्याम्पियनसिपमा हार बेहोर्दा,नेपालको बन्यो अर्को नयाँ रेकर्ड !

फागुन,१४ काठमाडौं,

चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यान्मारसँग २-० गोल अन्तरले पराजित भएको हो ।
यसअघि १२ वटा खेलको फाइनलमा हार्दा नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोर्दा नेपालको यो नयाँ रेकर्ड बन्न पुगेको छ ।

फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले २-० को नतिजा निकालेको हो । म्यान्मारका लागि यू पीर खैंगले गोल गरेकी थिइन् भने अर्को गोल नेपालकी गीता रानाले आत्मघाती गोल गरेकी थिइन् ।

त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पदकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।
बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनु परेको हो। 

Advertisment