पोखरा, २२ कात्तिक
नेपाली गीत संगीतको क्षेत्रमा नयाँ सांगीतिक कोसेली सार्वजनिक भएको छ । नयाँ लोकदोहोरी गीत “खुर्पेटो भिरेर” युट्युबमार्फत् सार्वजनिक भएको हो । नवोदित गायक मीन सिंजालीमगर र चर्चित गायिका दिपिका बयम्बूको स्वरमा सजिएको सो दोहोरी गीतको शब्द सागर विरही र लय गायक मीन सिंजाली स्वयंको रहेको छ ।
सागर विरही अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको सो गीतको समूह स्वरमा सागर विरही, दोभन नेपाली, गंगा थापा र प्रेमा रानामगरले साथ दिएका छन् । यस गीतको म्यूजिक भिडियोको कथा निर्देशन सागर विरही, सहायक निर्देशन अमर म्याक्स, सुरेश श्रेष्ठको छायांकन, सरिता मगरको श्रृंगार र रोशन गाहा मगरको सम्पादन रहेको छ । म्यूजिक भिडियोमा आनन्द गुरुङ र देवा मगरले अभिनय गरेका छन् ।
तनहुँको घिरिङ गाउँपालिका घर भएका गायक मीन सिंजाली हाल वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा कार्यरत रहेका छन् । वैदेशिक रोजगारीका क्रममा परदेशमा भएपनि आफ्नो गीतसंगीतमा केही गर्ने रुचिका साथ आफ्नो पहिलो सांगीतिक कोसेली बजारमा ल्याएको गायक सिंजालीको भनाइ छ । आफ्नो पहिलो सांगीतिक कोसेली भएपनि “खुर्पेटो भिरेर”प्रति दर्शक, स्रोताबाट पाएको अपार माया र सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित तुल्याएको उनी बताउँछन् । सानैदेखि गीत संगीतमा रुचि राख्ने गायक सिंजालीले पहिलो सांगीतिक कोसेलीको सफलताले आफूलाई हौसला मिलेको बताए । उनले आगामी दिनमा पनि गीत संगीतलाई निरन्तरता दिने समेत उल्लेख गरे ।