कालिञ्चोकमा माघ ९ देखि ११ सम्म स्की खेल महोत्सव हुने

काठमाण्डौँ ७ माघ ।  नेपाल भ्रमण वर्ष २०२० काृे सन्दर्भमा हिमपातपछि परेको हिउँको उपयोग गर्दै  स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको  कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्ने भएको छ । साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न  प्रतिष्ठानले  विगत ४ वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम  गर्दै आएको छ । सदरमुकाम चरिकोटबाट १८ किमिको दूरीमा करिब ३४५० मिटर उचाईमा रहेको कुरी क्षेत्र गाडीमा  डेढ घण्टा पुगिन्छ ।

स्की खेलप्रति रुचि राख्ने स्वदेशी तथा विदेशी  तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ र १० गते  कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालिम तथा  महोत्सव गरी ११ गते प्रतियोगिता गरिने दोलखामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिनुभयो । महोत्सव अवधिमा दश जना प्रशिक्षकबाट इच्छुकहरुलाई साधारण ज्ञान तथा तालिम दिइने योजना  छ । त्यसपछि राष्टिय र अन्तराष्टिय विधामा प्रतियोगिता गरिनेछ । करिब पाँच हजारले महोत्सव अवलोकन गर्नेछन् ।  प्रष्ठिानले यसअघि रोल्वालिङ, हुम्लाको  सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक,  मनांङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आाधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिनुभयो ।

स्की तथा स्नो बोर्डिङलाई  नेपालमा लोकप्रिय खेलको रुपमा विकास गर्दै युवाहरुको बीचमा स्थापित गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस  प्रकारको महोत्सव तथा तालिमले सहयोग पुग्ने आयोजकको दावी छ ।  युवाहरुलाई  स्की खेलप्रति  आकर्षित गर्दै दोलखालाई साहसिक खेलको केन्द्र बनाउनु यो महोत्सवको उद्येश्य हो । कुरीका विजयी खेलाडीलाई स्की बोर्ड फाउण्डेशनको सहयोगमा राष्टिय प्रतियोगितामा सहभागी गराईने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।  कार्यक्रमको कूल बजेट ६ लाख १८ हजार हुने इभेण्ट म्यानेजर सौगात थापाले जानकारी दिनुभयो ।

 

Advertisment