नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल

पोखरा, १२ फागुन ।
नेपाल प्रेस युनियन कास्कीको आइतबार सम्पन्न नवौं अधिवेशनबाट नवीन सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् ।
अधिेवेशनमा अध्यक्ष र सचिवमा निर्वाचन भए पनि अरु पद भने सर्वसम्मत चयन भएको थियो । अध्यक्ष सिग्देलले ७७ मत प्राप्त गर्दा प्रतिस्पर्धी माधव रेग्मीले ६६ र यदुनाथ बञ्जराले १७ मत प्राप्त गरेका थिए । यसैगरी, सचिवमा प्रदीप पौडेल ८० मत ल्याई विजयी हुदा प्रतिस्पिर्धी भूपाल गुरुङले ५९ र सन्दीप पौडेलले २० मत प्राप्त गरे ।
समितिको खुल्ला उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्षमा रविना आले, कोषाध्यक्षमा विजय लम्साल सहसचिवमा ज्योति हमाल सर्वसम्मत भए ।
यस्तै खुल्ला सदस्यहरुमा कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा(विराज) सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ (सुमन), मधु अधिकारी, सम्राट गुरुङ सुवाष पौडेल, अनिशा (जयन्ती) श्रेष्ठ, सुवाष आचार्य, महेन्द्र ढुंगाना तथा महिला सदस्यमा सपना अधिकारी, भावना श्रेष्ठ र दलित सदस्यमा विजय नेपाली निर्विरोध निर्वाचित भए ।
प्रदेश पार्षदमा टंकराज अधिकारी, कमल पौडेल अथक, हिमनिधी लौडारी केदार धमला, यज्ञराज पौडेल, प्रल्हादचन्द्र घिमिरे, दामोदर आचार्य, रामजी जिसी, बोधराज रेग्मी, मनोहरि पौडेल, सुदर्शन रञ्जित, राजेन्द्र आचार्य, महेन्द्र ढुंगाना, सुवाष आचार्य, अनन्त अधिकारी, नवीन बराल, रमेश आचार्य, राजु ढकाल, पदम श्रेष्ठ, राममाया पौडेल, कमल बराल, धनबहादुर बस्नेत, मदन बस्नेत, मनोज गुरुङ, विजय अधिकारी, ललित गुरुङ, हरिप्रसाद भट्टराई, बेदनिधि तिमिल्सिना, शंकर तिवारी, उमेश पुन, निराजन अधिकारी, ओम लामा, सूर्यप्रसाद ढकाल अभियान कोइराला, विमल तिवारी तथा महिला पार्षदमा रविना आले, पारिजात खराल, अनिषा श्रेष्ठ, रिमा शाही, देविका तामाङ, रञ्जु आले, शोभा नेपाल, श्रद्धा सुवेदी, लक्ष्मी आले, सृजना बराल र सम्पदा बास्तोला रहेका छन् ।
केन्द्रीय पार्षदमा शिरोमणि बराल, गंगाधर पराजुली, रविन्द्रनाथ बास्तोला, राजबहादुर गुरुङ, हेमराज बराल, प्रा.डा. बलराम उपाध्याय रेग्मी, वासुदेव मिश्र, तारानाथ गौतम पाखे, भरत कोइराला, वासुदेव पौडेल, वसन्तराज अधिकारी, ईश्वरप्रसाद भट्टराई, उत्तमप्रसाद पौडेल, हर्क आले, सुदिपराज ढुंगाना, परशुराम शर्मा, गणेश पहारी, रेमबहादुर विक, विष्णुप्रसाद खनाल, सोमनाथ बराल, भानु पराजुली, कविराज खनाल, कमल पराजुली, नगेनसिंह ठकुरी, रामप्रसाद भूर्तेल तथा महिला पार्षदमा विमला भण्डारी, सरस्वती गुरुङ, इन्दिरा गुरुङ, गीता विष्ट, सपना अधिकारी, भावना श्रेष्ठ, सीता रेग्मी रहेका छन् ।
नवौं अधिवेशनका केन्द्रीय प्रतिनिधि तथा नेपाल प्रेस युनियन सुदुरपश्चिमका संयोजक लाल ऐरी तथा निर्वाचन संयोजक विष्णुप्रसाद शर्मा, सदस्य कृष्णकुमारी गुरुङ र सदस्य टंकराज अधिकारीले निर्वाचन गराएका थिए ।
निर्वाचित अध्यक्ष नवीन सिग्देलले प्रेस युनियनको उचाई बढाउनमा आफू र आफ्नो समिति सधै तल्लिन हुने बताउनुभयो । निवर्तमान अध्यक्ष शिरोमणि बरालले अधिवेशनलाई सफल बनाउने सवैप्रति आभार व्यक्त गर्नुभयो ।

Advertisment