मगर संघ कास्कीद्वारा नयाँ मुलुकी संहिताबारे अभिमुखीकरण

पोखरा, ९ भदौ
नेपाल मगर संघ, कास्कीले हालै जारी भएको मुलुकी देवानी संहिता तथा फौजदारी संहिता–२०७४ बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा अधिवक्ता सुरेन्द्र थापामगरले मुलुकी संहितामा भएका कानूनी प्रावधानबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ कास्की अन्तर्गतका विभिन्न एकाइ समिति एवं वडा समितिका प्रतिनिधिहरू सहभागी थिए ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगरले गर्नुभएको थियो ।

Advertisment