अन्नपूर्ण उपभोक्ता सहकारी पसलको औपचारिक उद्घाटन

पोखरा, २७ साउन
पोखरा महानगरपालिका–१५, नयाँगाउँ, अन्नपूर्ण मार्गस्थित अन्नपूर्ण उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित अन्नपूर्ण उपभोक्ता सहकारी पसलको आइतबार औपचारिक उद्घाटन गरिएको छ ।
सहकारीको चौथो वार्षिकोत्सवका अवसरमा पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै वडाध्यक्ष पौडेलले दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा किनबेच गर्न तथा बचतको बानी विकास गर्न सहकारीले टेवा पु¥याउने बताउनुभयो । साथै, उहाँले आफ्ना शेयर सदस्य एवं उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सहकारी सक्षम रहेको भन्दै सामाजिक उत्तरदायित्व वहनका लागि समेत सहकारीले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।


सहकारीका अध्यक्ष क्या. नरेश थापाले सहकारी पसल पहिले नै सञ्चालन गरिएको भएपनि उद्घाटन गर्न विविध कारणले ढिला भएको भन्दै चौथो वार्षिकोत्सवका अवसरमा बल्ल उद्घाटन गर्न पाएको उल्लेख गर्नुभयो । सहकारीबाट सञ्चालित पसलले दैनिक उपभोग्य वस्तु उपभोक्ताका लागि सुपथ मूल्यमा उपलब्ध गराउन निरन्तर लागिपरेको बताउँदै अध्यक्ष क्या. थापाले सबै शेयर सदस्यलाई आफ्नै सहकारी पसलबाट सामान किन्न आग्रह समेत गर्नुभयो ।
सहकारीका सचिव तेज बानियाँको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष विमलादेवी गुरुङले स्वागत गर्नुभएको थियो ।

Advertisment