मादी–७ का वडाध्यक्ष गुरुङलाई मातृशोक

रूद्र श्रीसमगर
पोखरा, ४ साउन
कास्कीको मादी गाउँपालिका–७, सिल्दुजुरेका वडाध्यक्ष लालबहादुर गुरुङलाई मातृशोक परेको छ । वडाध्यक्ष गुरुङकी ६७ वर्षीया नानुमाया गुरुङको बिहीबार राती मादी–७, पानीघाटस्थित आफ्नै निवासमा निधन भएको हो ।
स्व. गुरुङ लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । मणिपाल शिक्षण अस्पतालमा उपचारपछि बिहीबारै उहाँलाई डिस्चार्ज गरिएको थियो ।
शुक्रबार स्व. गुरुङकै निवासमा उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणपछि शवयात्रासहित गुरुङ परम्परा अनुसार दाहसंस्कार गरिएको थियो ।

स्व. गुरुङको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व सभासद् राजकाजी गुरुङ ‘करण’, नेताहरू बखानसिंह गुरुङ ‘आभास’, गंगा पोखरेल, केशव पौडेल, मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’, मादी–६ का वडाध्यक्ष पसबहादुर बाँस्तोला, मादी–२ का वडाध्यक्ष एक्काजंग गुरुङ, मादी–५ का वडाध्यक्ष रतन गुरुङ, मादी–७ का वडा सचिव श्रीराम पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी–७ का अध्यक्ष शेरबहादुर गुरुङ, दूधपोखरी ग्रामीण सडक उपभोक्ता समितिका सचिव दानबहादुर गुरुङ, योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल, कास्कीका सह–सचिव सन्तोष अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, जनकल्याण तमु समाज, पोखराका अध्यक्ष इन्द्रबहादुर गुरुङ, क्रबु तमु समाजका अध्यक्ष सूर्यबहादुर गुरुङ, तमुस्यो रि च्हमी परिवारका सुशीला गुरुङ र पुनम गुरुङलगायत आफन्तजन र गाउँलेहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व. गुरुङका दुई छोरा र तीन छोरी छन् । वडाध्यक्ष गुरुङ कान्छा छोरा हुन् भने माइली छोरी गौरी गुरुङ सामाजिक अभियन्ता एवं गुरुङ चलचित्रकी अभिनेत्री पनि हुनुहुन्छ ।

Advertisment