तनहुँको घाँसीकुवामा तीन दिने मगर भाषा, लिपि, साहित्य तथा संस्कृतिसम्बन्धी तालिम सुरु

रूद्र श्रीसमगर
पोखरा, २० जेठ
तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा तीन दिने मगर भाषा, लिपि, साहित्य तथा संस्कृतिसम्बन्धी तालिम आइतबारदेखि सुरु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्, व्यास नगरपालिका–१२, घाँसीकुवाको आयोजना तथा वडा नं. १२ कार्यालयको सहयोगमा सुरु भएको तालिममा वडा अन्तर्गतका मगर समुदायका प्रशिक्षार्थीहरूको सहभागिता छ ।
तालिमको एक कार्यक्रमका बीच वडाध्यक्ष तोत्रबहादुर कुँवरले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडा महिला सदस्य मीना राना पन्तले पनि बोल्नुभएको थियो । मंगलबारसम्म चल्ने तालिममा नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरले प्रशिक्षण दिनुहुनेछ ।
महासंघ वडा समन्वय परिषद्का अध्यक्ष नवीन थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रीता थापामगर र नेपाल मगर संघ, व्यास नगरपालिका–१२, घाँसीकुवाकी अध्यक्ष दानमाया थापामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment