चैत्र १५ गतेबाट याङ्जाकोटमा बुद्ध जयन्ती मेला हुने

वैशाख १३ पोखरा  । कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोटमा यहि वैशाख १५ गतेदेखि २५६२औं बुद्धजयन्ती मेला आयोजना हुनेभएको छ । स्थानिय मिलन युवा क्लबको आयोजनामा वर्षेनी रुपमा सञ्चालन हुँदै आईरहेको मेला यसवर्ष क्लबको रजत महोत्सवको रुपमा पनि मनाइने भएको छ ।

ग्रामीण पर्यटनको प्रबद्र्धन तथा स्थानिय कृषि उत्पादनलाई प्रोत्साहन गर्नका लागि मेलाले सहयोग पु¥याउने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो । मेला अवधीभर गाउँपालिका स्तरीय भलिबल, बास्केटबल, छेलो हान्ने लगायतका खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने छ भने प्रतियोगितात्मक रुपमा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको क्लबका प्रमुख सल्लाहकार देवीजंग गुरुङले जानकारी दिनुभएको छ । मेलामा भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमशः ५५ हजार र ३३ हजार नगदका साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै नृत्य प्रतियोगितामा प्रथम द्धितिय र तृतियले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

वैशाख १५ गते विशेष समारोहका बीच मेलाको प्रदेश नं ४ का प्रमुख बाबुराम कुँवरले उद्घाटन गर्ने कार्यक्रम तयभएको छ । मेला सम्पन्न गर्न ७ लाख ५० हजार खर्च लाग्न अनुमान गरिएको छ । मेलालाई मादी गाउँपालिकाको कार्यालय, वडा नं. ३ को कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति याङजाकोट, याङजाकोट परिवार यु.के., हङकङ लगायत देश विदेशमा रहेको याङ्जाकोट बासीले आर्थिक सहयोग गरेको छ । यस्तै क्लब व्यवस्थित रुपमा मेला सञ्चालन गर्नको लागि आर्थिक सङलन गर्ने उद्देश्यले शुरु गरेको अक्षयकोषमा हालसम्म ३३ लाख रुपैंया जम्मा भएको छ । उक्त रकम वर्षेनी रुपमा वृद्धि गर्दे जाने क्लबले जनाएको छ । गुरुङ जातिको बाहुल्य रहेको याङजाकोट गाउँ सदरमुकाम पोखराबाट १९ किलोमिटरको दुरीमा रहेको छ भने समुन्द्री सतहबाट १४५० मिटरको उचाईमा रहेको छ ।

Advertisment