नेतृत्व विकास तालिम सम्पन्न

पोखरा, १३ बैशाख ।पोखरा लेखनाथ महानगरपालिका वडानं ३०मा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सचेतना समाज कास्कीको आयोजनामा दलित एवं विपन्न महिलाहरुको लागि आयोजित दुई दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको हो । पोखरा लेखनाथ महानगरपालिका वडानं ३०को आर्थिक सहयोगमा भएको तालिममा ५० जना महिलाहरुको सहभागीता रहेको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि वडानं ३०का वडा अध्यक्ष श्रीराम पोखरेलले तालिमले ब्यक्ति बाट ब्यक्तित्व बनाउन भुमिका खेल्ने भन्दै सहभागीहरुको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताउनु भयो ।वडा सदस्य शारदा बास्तोलाले लक्षीत समुदायको बजेट सहि ठाउँमा प्रयोग भएको भन्दै आगामी दिनमा पनि यस्ता तालिम लाई निरन्तरता दिने बताउनु भयो ।

रेडियो गण्डकीका स्टेशन म्यानेजर समेत रहनु भएका तालिमका प्रशिक्षक घनश्याम पाण्डेयले तालिम सफल हुनुमा सहभागीहरुकै सक्रियता महत्वपुर्ण भएको बताउनु भयो । पाण्डेयले सहभागीहरुको भित्र रहेको प्रतिभा लाई तालिमको माध्याम बाट बाहिर ल्याउने काम गरेको बताउनु भयो । पाण्डेय आफुले भने जति गर्न नसके पनि सके जति गर्न सहभागीहरु लाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य रमा नेपाली ,सहभागी पवित्रा नेपाली लगायतले बोल्नु भएको थियो । सहभागीहरुले तालिमले आफुहरु लाई सिक्ने भोक जगाएको बताएका थिए ।सचेतना समाज कास्कीका अध्यक्ष लक्ष्मी ढकालले आफुहरुले महानगर र वडा संकगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको बताउनु भयो । कार्यक्रमको सञ्चालन सचेतना समाजका सचिव मिना सुवेदीले गर्नुभएको थियो ।

Advertisment