जगदिस समालको विदाईमा एकल साँझ हुदै , डेढ दशक पछि नेपाल फर्कदै ।

न्युयोर्क । मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा नेपाली सुगम संगीतका लोकप्रिय गजल गायक जगदीश समालको एकल साँगीतिक साँझ हुने भएको छ।
मगर संघ अमेरिकाको स्थापना दिवसको शुभ-अवसरमा कार्यक्रम यही मार्च १५ तारिख आईतबार उडसाईडको गुलसन ट्रेस हलमा हुन लागेको हो ।
गायक समाल १५ वर्षे अमेरिका बसाइको यो अन्तिम कार्यक्रम पछि सधैंको लागि नेपाल फर्किन लागेका छन ।

म त मर्छु क्यारे, आओ यादहरु, तिमी म संग भईदिए, किन आउँछ तिम्रो याद, आधा उमेर निन्द्रैमा बित्यो, काँडा हो माया,गायक समालका यस्तै दर्जनौ लोक प्रिय गीतहरु प्रत्यक्ष कार्यक्रममा सुन्न पाईनेछ। उक्त गजल साँगीतिक साँझमा अमेरिकाकै प्रतिष्ठित बाध्यबादनमा गायक जगदीश समाललाई गितारमा धन गताणी , अक्टोप्याड ड्रममा राजेन्द्र कर्ण,तबलामा मदन रसाईली, बेस गितारमा जैकी थापा र किबोर्टमा गणेश गजमेरले साथ दिदै छन ।
गायक समालले अमेरिकाको धेरै राज्यहरुमा भएको  साँगीतिक कार्यक्रमहरू पछि न्युयोर्कमा एक महिनाको अन्तरालमा दोस्रो साँगीतिक प्रस्तुति दिन लागेका हुन ।


कार्यक्रममा प्रवेशको लागी जनरल टिकटमा प्रति ब्यक्ति $५०डलर रहेको छ र भिआईपी टिकटमा $१०० डलर तोकिएको छ भने टेबल सिटीङ सहितको खानाको परिकार सहित नजिकबाट साँगीतिक कार्यक्रमको आनन्द लिन सकिनेछ । साँझ ६:३० बजे मुख्य ढोका खोलिनेछ भने ७:३० बजे पछी साँगितिक कार्यक्रम सुरु हुनेछ।

“खासमा गायक समाल डेढ दशक अमेरिका बसाई पछि सधैंको लागि नेपाल फर्किन लागेकोले उनलाई सम्मान तथा विदाई कार्यक्रम गर्न लागिएकोले सबै संगीतप्रेमी नेपालीलाई उक्त कार्यक्रममा सहभागी हुन” मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष दिप सागर बुढा मगरले बताए ।
साँगीतिक कार्यक्रमलाई भब्य र सब्य बनाउन तयारी द्रुत गतिमा भईरहेको कुरा बताउदै यही अवसरमा यो कार्यक्रममा उहाँलाई लाइभ सुन्दै र हेर्दै विदाई गर्ने उत्सव पनि रहेको कुरा मगर संघ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष रत्नसिङ गर्वुजा मगरले बताए ।

Advertisment