पोखरा । सोमबार बिहान अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको मान्तुवामा ५० वर्षीय छत्रबहादुरले घरभित्रै आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन । ३ महिनाअघि छोरी–ज्वाईंले अमेरिका घुम्न बोलाएपछि उदयपुर बेलका नगरपालिका– ९ रामपुर बजारका ५० वर्षीय छत्रबहादुर थापा श्रीमती बिन्दालाई लिएर अमेरिका पुगेका थिए ।

उनै छत्रबहादुरले तीन महिनापछि अमेरिकामा आफ्नै परिवारलाई अकल्पनीयरुपले सखाप पारेका छन् । घरायसी वि’वादपछि उनका बुबा छत्रबहादुर थापा (मिलन) ले १० इन्च लामो (दाउ) धा’रिलो ह’ति’यार प्रयोग गरी ३१ वर्षीया छोरी ममतासहित ५१ बर्षीया श्रीमती बिन्दा थापाको ह’त्या गरेका छन् ।
डीभीमार्फत अमेरिका पुगेको वर्षौंपछि नेपालमा गत दसै मनाएर ३१ वर्षीया ममता थापाले आफ्ना बुबा र आमालाई अमेरिका घुमाउन लगेकी थिइन् । उनको यो निर्णय आफू र आफ्नी आमाको जीवन समाप्त गर्ने मोड बन्न पुग्यो भने एक शिशुले आमा गुमाएको छ ।

अमेरिकी समयअनुसार सोमबार बिहान भर्जिनियाको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टभित्र यो सब भइरहँदा ममताका ३५ वर्षे श्रीमान् सन्तोषकुमार बस्नेत बाहिर गाडीबाट हिउँ पन्छाइरहेका थिए ।
श्रीमती–छोरीलाई खुँडाले हानेर ढालेपछि उनी ज्वाईं सन्तोष कुमार बस्नेतमाथि जाइलागे । त्यतिन्जेलसम्म स्थानीयले प्रहरीलाई खबर गरिसकेका थिए ।
प्रहरी घटनास्थलमा आएर छत्रबहादुरलाई रोक्न खोज्यो । तर, उनी नरोकिएपछि प्रहरीले उनीमाथि नै गोली चलायो । प्रहरीको गोली लागेर छत्रबहादुरको पनि घटनास्थलमै मृत्यु भयो । ज्वाईं सन्तोषको अवस्था गम्भीर छ । घाइते अवस्थामा सन्तोषलाई अस्पताल पुर्याइएको छ । सन्तोष र ममताका १ वर्षे सिसु भने सकुशल भेटिएको प्रहरीले जनाएको छ ।

थापा स्वयम्को उनले किन आफ्नो परिवारलाई सिध्याए भन्ने प्रश्न अनुत्तरित बन्यो । थापाकी जेठी छोरी हुन् ममता । ममता र सन्तोषले आमाबुबालाई घुम्नको लागि अमेरिका बोलाएका थिए । तर विडम्बना आफ्नै पिताबाट मारिइन् ममता । उनका छोरा भने भाग्यवश सुरक्षित छन् ।
नेपालमा उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित रामपुर घर भएका छत्रबहादुर मानसिक रोगसम्बन्धि समस्यामा थिए । उनले लामो समयदेखि मानसिक रोगसम्बन्धि औषधिसमेत सेवन गर्दै आएको बुझिएको छ ।






