मगर संघ अमेरिका केन्द्रिय समितिको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न,  अध्यक्षमा दिप सागर बुढा चयन !

अगस्ट ३ न्युयोर्क ।
अमेरिकाको मेरिल्याण्डमा सम्पन्न मगर संघको दशौ राष्ट्रिय महाधिबेशन भब्य रूपमा सम्पन्न भएको छ । अध्यक्षमा दिपसागर बुढा सहित सम्पूर्ण पदाधिकारी सर्बसम्मत चयन भएका छन।
नयाँ कार्यकारिणी समितिको २०२५ देखि २०२७ कार्यबाहक नामावली यसप्ररकार रहेको छ, अध्यक्ष दिप सागर बुढा मगर, वरिष्ठ उपाध्यक्ष भुवन सिंह आले मगर, उपाध्यक्ष (पूर्व) चेतन बुढा मगर उपाध्यक्ष (मध्य) जय बहादुर राना मगर, उपाध्यक्ष (पश्चिम), कृष्ण कुमार थापा मगर, उपाध्यक्ष (भाषिक) राजेन्द्र बुढा मगर, उपाध्यक्ष (महिला) कल्पना पुन मगर, महासचिव, केश पुन मगर सचिव दिपेन्द्र आले मगर, सचिव कमल सारु मगर, कोषाध्यक्ष याम कुमारी थापा मगर, सह-कोषाध्यक्ष सिता चोचाङ्गी थापा मगर, सदस्य प्रेम राना मगर, कमला थापा शारू मगर, किसमलाल थापा मगर, खिम रोका मगर, कौडा बुढा मगर, पदम राना मगर, रञ्जना पुन मगर । 

मगर संघ अमेरिकाको ईतिहास हेर्नु पर्दा नेपालबाट कर्मथलोको बनाई अमेरिका रहेका मगरहरुको भेलाले श्री दल बहादुर बुढाथोकी मगरको अध्यक्षतामा  “लाङगाली एसोसिएशन अमेरिका” गठन भएको थियो २०१० मा विशेष भेलाले “मगर संघ अमेरिका” नामकरण गरी हालसम्म “मगर संघ अमेरिकाको” नामले बिश्वभरी चिनीदै आईरहको छ ।

संस्थापक अध्यक्ष दल बहादुर बुढाथोकी मगर(न्युयोर्क)ले सन २००४ देखि २००६ संस्थाको नेतृत्व गर्नु भएको थियो पुन: दल बहादुर बुढाथोकी मगर(न्यूयोर्क) नै अध्यक्षमा सर्बसहमतिमा निर्वाचित हुनु भएको थियो ।  दोस्रो कार्यकालको लागि अध्यक्ष हुनु लगत्तै दल बहादुर बुढाथोकी मगर  पारिववारिक कारणले यूके फ़र्कीनू भएपछि सन २००६ देखि २००८ सम्म कार्यबाहक अध्यक्षको रूपमा निलम थापा मगर (मेरील्याण्ड)ले संस्थाको नेतृत्व गर्नु भएको थियो ।
सन २००८ देखि २०१२ सम्म पुर्ण दुई कार्यकाल महेन्द्र थापा मगर(न्यूजर्सी)ले संस्थालाई नेतृत्व गर्नुभयो । सन २०१२ देखि २०१५ सम्म दल बहादुर रोका मगर(मेरील्याण्ड)ले संस्थाको नेतृत्व गर्नुभयो । सन २०१५ देखि २०१८ सम्म रुद्र आले मगर(न्यूजर्सी)ले संस्थाको नेतृत्वमा रहनु रहनु भएक थियो जसमा कुलदिप राना मगरले सदस्य भएर मगर संघमा जोड़ीएको थिए । सन २०१८ देखि २०२३ सम्म दुई कार्यकालको नेतृत्व कुलदीप राना मगर (न्यु योर्क)ले गरेको थिए । त्यसपछि २०२३-२०२५ को नेतृत्व याम पुन मगर(न्यूयोर्क)को कार्यकाल अगस्त २ सम्म समाप्त भएको छ भने अबको २०२५-२०२७ सम्मको नेतृत्वको भने सम्पन्न मगर संघको दशौ राष्ट्रिय महाधिबेशनको सर्वसम्मत चयनले अध्यक्षमा दिपसागर बुढा मगर सहितको नयाँ कार्यसमितिले पूर्णरूप पाएको छ ।

Advertisment