न्युयोर्कमा आज कुलमान घिसिङसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम हुँदै ।

अगष्ट ३, न्यूयोर्क। 
आज नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट्न चाहनुहुन्छ भने  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र तामाङ सोसाटी अफ अमेरिकाको सहकार्यमा  विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम एल्महर्स्ट          अस्पतालको अडिटरियम हलमा कार्यक्रम हुदैछ, उक्त कार्यक्रम साँझ साँढे ७ बजेबाट साढे ९ बजेसम्म चल्नेछ ।
न्युयोर्क वरपरका नेपाली समुदायलाई घिसिङसँग प्रत्यक्ष भेटघाटको अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको फिप्नाका अध्यक्ष तोरण गुरूङले जानकारी दिए ।

साथै १८ वटा जनजाति र अन्य सामाजिक संस्थाहरूको पनि समर्थन तथा सहभागिता रहेको छ।
१८ घण्टा लोडसेडिङ अन्त्य गरेर विद्युत प्राधिकरणमा भएको बेतिथिलाइ हटाई उज्यालोको हिरोको परिचय बनाएका पूर्वकार्यकारी निर्देशक तथा इन्जिनियर घिसिङलाई समय अगावै नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी पदबाट हटाएपछि अहिले उनि नेपाललाई सम्बृद्ध बनाउने उज्यालो नेपाल अभियान लिएर विश्वभरका नेपालीसँग प्रत्यक्ष भेटघाट कार्यक्रम गर्दै अहिले अमेरिकको विभिन्न सहरहरूमा ब्यस्त रहेका छन ।

Advertisment