चक्लेटको प्याकेटमा थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी !

काठमाडौँ २० फागुन।
थाइल्याण्डबाट २२ किलो गाँजा बोकेर नेपाल आएका २ भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । 

थाई एयरवेजको उडानबाट नं.टीजी३१९ बाट नेपाल आएका ४० वर्षीय पुरुष र ३७ वर्षीय भारतीय महिला पक्राउ परेको नेपाल प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई लागू औषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisment