न्यूयोर्क । बोल्ड एक्सन फर सोशल एजुकेशन (बेस) इन्टरनेशनलले न्यूयोर्कमा स्वास्थ्य र मानसिक स्वच्छता विभागसँगको सहकार्यमा नेपाल, बंगलादेश, भारत र चीन सहित २५ भन्दा बढी समुदायका सदस्यहरूको सहभागितामा आत्म-हेरचाह, तनाव र कल्याण कार्यशालाको प्रशिक्षण शनिबार अप्रिल ४ मा सम्पन्न भएको छ ।
मानव जीवनमा मानसिक स्वास्थ्य र व्यक्ति र समुदायमा तनावको प्रभावको बारेमा जागरूकता बढाउनको लागि उक्त प्रशिक्षण दिईएको थियो । कार्यशालामा सहभागीहरूले छलफल र अन्तरक्रियात्मक सत्रहरूमा भाग लिए जसले मानव स्वास्थ्यमा पर्ने असरलाई सामान्य तनाव प्रतिक्रियाहरू, हेरचाहमा अवरोधहरू, र भावनात्मक तथा शारीरिक कल्याण सुधार गर्न व्यावहारिक आत्म-हेरचाह रणनीतिहरूबारे प्रशिक्षण दिईएको थियोे।
BASE International का प्रतिनिधि दिपक चौधरीले भन्नुभयो “यस कार्यशालाको लक्ष्य भनेको व्यक्तिहरूको तनावलाई राम्रोसँग व्यवस्थापन गर्न र मानिसको जीवनलाई सुब्यवस्थित गर्न मानसिक स्वास्थ्यको प्राथमिक ज्ञान प्रदान गर्ने हो, साथै समुदायका सदस्यहरूसँग मिलेर काम गरेर र स्वस्थसँग जोडिएका कामहरू समुदायहरूलाई प्रवर्द्धन गर्नु हो ।
यो पहलले न्यूयोर्क शहरभरि सामुदायिक स्वास्थ्यलाई अगाडि बढाउन, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्न र सांस्कृतिक रूपमा उत्तरदायी समर्थन प्रणालीहरूलाई सुदृढ पार्न BASE International को निरन्तर गरिने एक कार्यक्रम रहेको छ ।
संस्थाले सेवाबाट वञ्चित जनसंख्याको लागि मानसिक स्वास्थ्य शिक्षा र स्रोतहरूमा पहुँच विस्तार गर्न समान कार्यक्रमहरू आयोजना गर्न जारी राख्ने योजना बनाएको छ।
बेश इन्टरनेशनल(BASE International) एक सामाजिक शिक्षाको लागि सांस्कृतिक रूपमा उत्तरदायी कार्यक्रमहरू र साझेदारीहरू मार्फत शिक्षा, सामुदायिक सशक्तिकरण र सामाजिक कल्याणलाई प्रवर्द्धन गर्ने संस्था हो ।






