लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्कद्वारा मोरङको बिधालयलाई आर्थिक सहयोग !

न्युयोर्क । क्विन्स बुद्ध लायन्स क्लब, न्यूयोर्कको आर्थिक सहयोगमा मोरङको विराटनगर–१२ दरैयास्थित जनता आधारभूत विद्यालयमा रु. ५ लाख ८५ हजारको लागतमा शौचालय निर्माण गर्नुका साथै शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन उदय नारायण बराल (Chief District Advisor, District 325C Nepal) ले विद्यार्थीहरूको स्वस्थ वातावरण र गुणस्तरीय शिक्षाका लागि यस्ता सहयोग अत्यन्त महत्वपूर्ण हुने बताए। कार्यक्रममा विराटनगर–१२ का वडा अध्यक्ष हिरालाल कामत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्र कुमार राजबंशी, विद्यालयका प्रधानाध्यापक ओ. एम. ढकाल, सिटी कलेजका क्याम्पस प्रमुख तीर्थराज घिमिरे, लायन नवराज दाहाल तथा महिला युवा नेत्री निशा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

क्विन्स बुद्ध लायन्स क्लबकी अध्यक्ष सोनु मल्लको बिशेष पहल र नेतृत्वमा मोरंग स्थित उक्त सरकारी बिधालयमा सार्बजनिक शौचालय निर्माणको निमित्त सहयोग पुर्याउन सफल भएको हो ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको समेत  सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको भौतिक संरचना सुधार तथा विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने यस्ता सामाजिक कार्यको प्रशंसा गरेका थिए।

Advertisment