अमेरिकामा नेपाली समुदायकी एक किशोरी बेपत्ता !

ह्यारिसबर्ग । ह्यारिसबर्गमा आफ्नै घरबाट १५ वर्षीया सुश्रीस्तीका सिवाकोटी नाम गरेकी एक किशोरी बेपत्ता भएकी छन् ।
प्रहरीका अनुसार १५ वर्षीया Susristika Siwakoti फेब्रुअरी १८ तारिखमा लाभेन्डा कोर्ट (Lavenda Court) को ४०० ब्लकस्थित आफ्नै घरबाट निस्केकी थिइन् र हालसम्म कसैसँग सम्पर्कमा रहेकी छैनन् ।
प्रहरीको विवरणअनुसार उनको उचाइ करिब ४ फिट ८ इन्च र तौल १२० पाउण्ड रहेको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा उनी कान्सास सिटी, मिसौरी (Kansas City, Missouri) क्षेत्रतर्फ गएको आशंका गरिएको छ भने घटनाबारे थप अनुसन्धान तथा खोजी कार्य भइरहेको जनाउँदै प्रहरीले सबै समुदायसँग सहयोगको अपिल गरेको छ। सिवाकोटीको अबस्थाबारे कुनै पनि जानकारी भएमा ७१७-५६४-२५५० (717-564-2550) नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

अमेरिकामा नेपाली परिवारसँग जोडिएका घटनाहरू पछिल्ला दिनमा बारम्बार घटिरहेकोले नेपाली समुदायमा चिन्ताको विषय बन्दै गैरेहको छ । प्रहरीद्वारा समुदायले सतर्कता अपनाउन र कुनै जानकारी भए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ।
स्रोत मार्फत  CRIMEWATCH®: https://crimewatch.net/us/pa/dauphin/swatara-twp-pd/3028/cases/request-assistance-locating-missing-juvenile

Advertisment