अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा गम्भिर घाइते जेनिसालाई सहयोगको लागि आव्हान !

न्युयोर्क । टेक्सासको ह्युस्ट​न​ शह​र​मा कार दुर्घटनामा परी गम्भिर घाइते भई उपचाररत जेनिसा बुढा मगरको सहयोगको लागि सबै नेपालीसँग आव्हान गरिएको छ ।

टेक्सासको ह्युस्टनमा रहेको सान ज्यासिन्टो कम्युनिटी कलेजमा नर्सिङ पढदै गरेकी दाङ (घोराही) घर भएकी जेनिसा जुलाई २०२५ मा विद्यार्थी भिसामा अमेरिका आएकी थिईन ।

जनवरी २९, २०२६ मा, दिउँसो १:३० बजेतिर, कलेजको कक्षा सकिएपछि जेनिशा विश्वविद्यालय बाट घर जाने क्रममा टेक्सासको ह्युस्टनको बीमर रोड नजिकै ४ जना साथीहरूसँगै उनि पनि कार दुर्घटनामा परिन । दुर्घटना पश्चात् पाँचै जनालाई हस्पिटल लागिएको थियोे । पाँच जना साथीहरू मध्ये गम्भीर घाइते भएकी जेनिसाको ,धेरै शरिरको भागमा आन्तरिक फ्र्याक्चर, टाउको फुट्नुका साथै, गम्भीर आन्तरिक रक्तस्रावको कारण र उनको अवस्थाको गम्भीरताका कारण, उनलाई अर्को हस्पिटल मेमोरियल हर्मन टेक्सास मेडिकल सेन्टरमा एयरलिफ्ट गरिएको थियो ।

डाक्टरहरूले आन्तरिक रक्तस्राव रोक्न आपतकालीन शल्यक्रिया गरेका थिए र अहिले उनी सघन हेरचाह इकाई (ICU) आईसियुमानै रहेकी छिन। अझैपनि उनको अवस्था गम्भीर छ, र डाक्टरहरूले उनलाई नजिकबाट निगरानी गरिरहेका छन् । उनको शरिरमा धेरै फ्र्याक्चर भएको कारण थप शल्यक्रियाहरू आवश्यक छ, साथै विस्तारित ICU हेरचाह र पुनर्वास पनि आवश्यक छ।
एक युवा नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा, यो अचानक र अप्रत्याशित त्रासदीले उनक‍ो परिवारमा ठूलो आर्थिक बोझ ल्याएको छ । घाइते जेनिशाको उपचारको लागि नेपालबाट आर्थिक रकम जुटाउन परिवारलाई अति नै गाह्रो परिेरहेको अवस्था छ भने उनलाई पनि अमेरिकामा आर्थिक भारले समस्या पारेपछि सहयोग गर्न अमेरिकामा बस्ने सबै नेपालीहरूलाई मगर संघ अमेरिकाले सहयोगको लागि आव्हान गरेको छ । साथै उनको भाई सौरभले खोलेको गो फण्ड मि मार्फत पनि घाइते जेनिशालाई सहयोग गर्न सबैलाई अपिल गरेका छन । जेनिशाको जीवन रक्षाको लागि साथै उपचारको निम्ति स्वदेश तथा बिदेशमा रहनु हुने सहयोगि दाताले सक्दो सहयोग गरिदिनुहुन उनले सबै संग अपिल गरेका छ्न् ।
मगर संघ मार्फत सहयोग गर्न चाहनुहुनेले निम्न ब्यक्तिको सम्पर्क नं.मा रकम (ZELLE) जिले गर्न सकिन्छ ।
१- दिप सागर बुढा मगर  646 363 5584
२- रत्न सिङ गर्बुजा मगर 929 435 1373
३- भिम थापा मगर TX  240 898 7036
४- राजु थापा मगर  TX  469 363 5874

अथवा गम्भिर घाइते जेनिशाको उपचारको लागि खोलिएको गो फण्ड मार्फत सहयोगको लागि लिंक यसप्रकार रहेको छ ।
https://gofund.me/ebcfd7d5d

Advertisment