जर्जिया । अमेरिकाको जर्जियामा स्थानीय प्रहरी अधिकृत पदमा कार्यरत २५ बर्षिय प्रदिप तामाङको ग्विनेट काउन्टीमा स्टोन माउन्टेन क्षेत्रको एक होटलमा भएको गोली काण्डमा मृत्यु भएको जनाइएको छ ।

काउन्टी प्रहरी विभागले जनाएअनुसार, आइतबार बिहान करिब ७ः३० बजे इस्ट पार्क प्लेस बुलेभार्डको १७०० ब्लकमा रहेको होटलमा भएको ठगी सम्बन्धी उजुरीको खबर आएपछि तामाङ र उनका सहकर्मी एमपीओ डेभिड रिड ‘होलिडे इन एक्सप्रेस’ होटल पुगेका थिए। त्यस बेला छलफलकै क्रममा अपराधी ३५ वर्षीय केभिन एन्ड्रयूजले बन्दुक निकालेर गोली चलाएका थिए । त्यसक्रममा भएको गोली हानाहानको जवाफी फायरिङमा तामाङलाई गोली लाग्दा वीरगति प्राप्त गर्न पुगेका थिए भने सहकर्मी रिड भने गम्भीर घाइते भएका थिए । २५ वर्षीय प्रदीप तामाङ सन् २०२५ देखि ग्विनेट काउन्टी प्रहरी विभागमा कार्यरत थिए।
मूल रूपमा नेपालका, तामाङ लगभग १० वर्षअघि अमेरिका आएका थिए, यो भन्दा पहिले पेन्सिलभेनियामा बस्थे, जहाँ उनको परिवारहरूको बसोबास रहेको छ भने तमाङको परिवारलाई जर्जिया ल्याउने काम गरिरहेको काउन्टि प्रहरीले बताएको छ ।






