दुई दशक पछि न्युयोर्कमा नवीन के भट्टराईको कन्सर्ट हुँदै, टिकटमा विद्यार्थीलाई ५०% छुट !

न्युयोर्क । पप स्टार लोकप्रिय गायक नवीन के भट्टराई एण्ड द अतृप्त को ‘साँझ पख’ नामक न्युयोर्कमा सांगीतिक कन्सर्ट हुने भएको छ । वन प्रोडक्सनको आयोजनामा यही आउने शुक्रबार जनवरी ३० तारिखमा साँझ अस्टोरियाको मेलरोश बालरूममा नेपालको चर्चित गायक भट्टराई सहितको टिमले भब्य प्रस्तुती दिन लागेको हो ।

सो सांगीतिक कन्सर्टमा सहभागी हुने विद्यार्थीलाई भने टिकटमा ५०% प्रतिशत छुट को विशेष अफर ल्याइएको छ । उक्त छुट प्राप्त गर्नको लागि विद्यार्थीहरूले विद्यार्थी परिचयपत्र सहित वन प्रोडक्सनको फेसबुक र ईन्ट्राग्रममा भेरिफाई गरेर अनलाईनमा गएर टिकट बुकिङ गर्नु पर्नेछ ।

तीन दशकदेखि नेपाली संगीतमा रमाइरहेका र पप तथा रक संगीतमा बैग्लै पहिचान बनाउन सफल गायक भट्टराईको बहुचर्चित ‘साँझ पख’, तिमिलाई म दोबाटो मा’, ‘तिमिलाई हेर्दा कसैले’ जस्ता आदि गीतहरू हिट भएको थियो । अहिले गायक भट्टराई देश तथा बिदेशका धेरै स्थानमा सांगीतिक कन्सर्ट टुर गर्दै अमेरिकमा आई पुगेका हुन भने “दुई दशक पछि न्युयोर्क शहरमा गायक भट्टराईले उक्त कन्सर्ट गर्न लागेको” कुरा आयोजक सदस्य सुरेश पुनले लाफा खबरलाई बताए ।

Advertisment