दुई वटा पेस्तोल सहित ३ जना ब्यक्ति पक्राउ !

काठमाडौँ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बाफल क्षेत्रबाट दुईवटा अत्याधुनिक पेस्तोल र गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नागार्जुन नगरपालिका–४ बाफलमा हतियार लुकाइछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय ‘झिल्के’ भन्ने विकास शाही, मोरङको लेटाङ–४ घर भएका २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय ‘जस्वन’ भन्ने अश्विन राई रहेका छन् । प्रहरीले उनीहरूको साथबाट CF98-900003308237 र CF98-900011108236 नम्बरका दुईवटा पेस्तोल बरामद गरेको छ । हतियारसँगै उक्त पेस्तोलमा लाग्ने तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका समेत प्रहरीले बरामद गरेको छ ।

Advertisment