द गुरुङ (तमु) सोसाइटी अमेरिकाको तमु ल्होसार साँस्कृतिक कार्यक्रम सम्पन्न !

न्युयोर्क ।
द गुरुङ (तमु) सोसाइटी इंक, यु.एस.ए.को आयोजनामा शनिबार त-ल्हो ल्होछार/ल्होसार २०२५
साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा न्युयोर्कमा आयोजित कार्यक्रममा द गुरुङ (तमु) सोसाइटी इंक, यु.एस.ए.का अध्यक्ष ओम गुरुङको सभापतित्व तथा प्रमुख अतिथि नेपाल जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण गुरूङको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

गुरुङहरुको कला, भाषा, संस्कार, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले कार्यक्रममा गुरुङ समुदायको विभिन्न कला, सँस्कृती झल्कने घाटु, कौडा र सालैजो जस्ता नृत्यहरू प्रस्तुत गरिएको थियो ।
उद्घघोषक विक्की गुरूङ र उद्घोषिका अनुस्का गुरूङले सन्चालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरू र अतिथि कलाकार लोक तथा दोहोरी गायक राजु परियारको बेजोड प्रस्तुतिले सबैलाई मनोरन्जन दिलाएका थिए ।

उक्त कार्यक्रममा विभिन्न जनजाति संघसंस्थाका पदाधिकारी, समाजसेवी, विशिष्ट ब्यक्ति र पत्रकार  लगाएतको सहभागीता रहेको थियो ।

गुरुङहरुको नयाँ बर्ष अर्थात १२ वटा बर्गचक्र मध्ये यसबर्ष सर्प बर्गको बिदाई र घोडाबर्गको आगमन रहेको छ । नेपालमा पुष १४ गतेका दिन राति विभिन्न कार्यक्रम गरेर पुरानो बर्षको बिदाई र नयाँ बर्षको स्वागत गरेर गुरुङ समुदायले तमु ल्होसार अर्थात नयाँ बर्ष मनाउने प्रचलन रहेको छ । 
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

Advertisment