विविध कार्यक्रम सहित तमु प्ये ल्हु संघ अमेरिकाको तमु ल्होसार २०८२ सम्पन्न !

न्युयोर्क ।
तमु समुदायको महान पर्व तमु ल्होसारको अवसरमा अमेरिकाको न्युयोर्कमा यसबर्ष पनि सर्प बर्गको बिदाई गर्दै घोड बर्गलाई स्वागत गर्दै तमु ल्होसार मनार्ईएको छ । तमु प्ये ल्हु संघ अमेरिकाको आयोजनामा त – ल्हो, २०८२ सांस्कृतिक कार्यक्रम गरी  न्युयोर्कस्थित वुडसाईडमा विविध कार्यक्रम सहित तमु ल्होसार मनाईएको हो ।

तमु समुदायको महानपर्व अर्थात नयाँ बर्षको आगमनका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तमु प्ये ल्हु संघ अमेरिकाका पुर्व संस्थापक अध्यक्ष तुल्सी प्रसाद तमु र तमु प्ये ल्हु संघ अमेरिकाका अध्यक्ष तेज गुरूङले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाट्न गर्नुभयो । साथै प्रमुख अतिथि तमुले आफ्नो  मन्तब्यमा बोल्दै सबै जात, सबै धर्म, सबै बर्ग समुदायको आ आफनै संस्कार, संस्कृतिको सम्मान गर्दै जोड दिनु पर्ने बताउनु भयो ।

तमु प्ये ल्हु संघ अमेरिकाका अध्यक्ष तेज गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा गुरूङले तमु ल्होसारको शुभकामना दिदै प्रवासमा पनि समुदायमा सदभाव बाँटेर आफ्नो परम्परागत संस्कार र संस्कृति बचाई राख्न संस्थागत रूपमा पनि सबैको सहयोग हनुपर्ने कुरा बताउनु भयो ।

सोही अवसरमा चार जना विशिष्ट ब्यक्तिहरू नेपाल प्रहरीमा बहालमा रहेका एस एसपी गोपाल गुरूङ, नेपाल प्रहरी पूर्व डिएस पी गोपाल बहादुर गुरूङ, चर्चित लोक तथा दोहोरी गायक राजु परिवार र
नेपाल लोक दोहोरी प्रतिस्थापनका पूर्व अध्यक्ष लोक गायक चन्द्र शर्मालाई प्रमाणपत्र र खादा लगाई अध्यक्ष तेज गुरूङ र प्रमुख अतिथि तुल्सी प्रसाद तमुले सम्मान गर्नुभएको थियोे ।

साथै स्वागत मन्तब्य तमु प्ये ल्हु संघ अमेरिकाका उपाध्यक्ष प्रकाश तमुले गर्नुभएको थियो । उक्त कार्यक्रम पूर्वाध्दमा स्वागत कार्यक्रम: येन्सेरज तामुश्योले गरेकि थिईन भने सम्झना तमुस्यो र अनु तमुस्योले सन्चालन गरेको कार्यक्रममा मौलिक संस्कृति झल्काउने नृत्यमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति साथै अतिथि कलाकार लोक तथा दोहोरी गायक र गायिका राजु परियार र दुर्गा तमुको  प्रस्तुतिले सबैलाई मनोरन्जन दिलाएका थिए ।

Advertisment