बेलायतमा नेपालीहरूले मनाए ‘पपि डे’ अर्थात ‘रिमेम्बरेन्स डे’ ।

अल्डरसट । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस पाउने पहिलो नेपाली गोर्खा राइफलम्यान स्व.कुलबिर थापा सहित पहिलो र दोस्रो विश्वयुद्धमा ज्यानको बाजि लगाएर आहुति दिएर वीरगतिको सम्मान प्राप्त गरेका सबै गोर्खा वीरयोद्धाको सम्झनामा ‘पपि डे’ अर्थात ‘रिमेम्बरेन्स डे’ बेलायतको अल्डरसडमा यश बर्ष पनि नेपालीहरूले भब्य रूपमा मनाएका छन ।

अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा शनिबार विहान ११ बजे शुरू गरिएको कार्यक्रम प्रथम भीसी स्व. कुलवीर थापा मगरको सालिकमा समारोहमा सहभागी विशिष्ट अतिथीहरुले रिथ अर्पण गरेका थिए । साथै बहालमा रहेका गोर्खा सैनिक, भुपु सैनिक र धेरै नेपालीहरूको उपस्थितिमा माल्यार्पण, मौनधारण र मार्चपास सहित सैनिक ब्याण्ड टुकडीले सलामी अर्पण र दिवंगत गोर्खाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बेलायतको संस्था ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले हरेब वर्ष नोभेम्बर ८ को दिन गोर्खा वीरयोद्धाको सम्झनामा यो कार्यक्रम मनाउदै आईरहेको छ भने बेलायतको भिक्टोरिया क्रस पाउने नेपाली वीर गोर्खालीहरू १३ जना रहेका छन ।

Advertisment