न्युयोर्क – अमेरिकाको लाउरेल सिटी, डेलावेयर राज्यमा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ ।
नेपालको पुथा उत्तर गंगा गाँउपालिका वार्ड नं १० रुकुम घर भएका २५ वर्षीय धर्मराज पुन मगरको सडक दुर्घटनामा मृत्यु भएको हो ।
कामबाट घर फर्किने क्रममा करिब १० बजेको समयमा गाडीको ठक्करबाट गम्भिर घाइते भएपछि हेलिकप्टरबाट उपचारको लागि क्रिस्टियाना हस्पिटल नेवार्क, डेलावेयर लगिएको कुरा अस्पताल श्रोतले मृतकको साथीलाई जानकारी गराएको थियो ।
उनको उपचारको क्रममा गत २०२५ अक्टोबर १९ तारिख आईतवारको दिन करिब रातको १० बजे तिर अस्पतालले मृत घोषणा गरेको थियो । पुन मगर बिगत केहि महिना देखि कामको सिलसिलामा डेलावेयरमा बस्दै आएका थिए ।
मृतक पुन मगर एक वर्ष अगाडी मात्र तल्लो बाटो हुदै अमेरिका प्रबेश गरेका थिए । लाखौ नेपाली पैसा दलाललाई बुझाएर सुनौलो सपना देखेर अमेरिका पाइला टेकेको वर्ष दिनमा पुन मगरले कलिलो उमेरमै ज्यान गुमाउन पुग्दा उनको र परिवारको सपना चकनाचुर भएको छ । पुन मगरलाई ठक्कर दिने गाडीलाई प्रहरीले प्रकाउ गरेपनि केहि कागज पत्र बुझेर छोडिदिएको र घटना अहिलेसम्म अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ ।
मृतक पुन मगरको अन्तिम दाह संस्कार न्युयोर्कमा गरिने ।
मृतक पुन मगरको अन्तिम दाह संस्कार यहि सोमबार २०२५ अक्टोबर २७ को दिन न्युयोर्कमा गर्न लागिएको कुरा मगर संघ अमेरिकाका अध्यक्ष दिप सागर बुढा मगरले बताउनु भयो ।
मृतकको घर पारिवारको आर्थिक अवस्था कमजोर रहेको हुदा अमेरिकाबाट नेपाल मृतकको लास लान धेरै खर्चिलो भएकोले र परिवारका सदस्यहरू अमेरिकामा कोहि नभएकोले दाह संस्कारको सबै प्रक्रिया मगर संघ अमेरिकालाई जिम्मा दिईएको छ । उनको दाह संस्कारका लागि खर्च अभाव हुँदा परिवारलाई केहि राहत होस् भनेर गेमी तकसेरा समाजले आर्थिक सहयोग अभियान संचालन गरेको छ, जसमा अन्य समाजहरुले पनि आ आफ्नो ठाउँबाट सहयोग उठाइरहेको जानकारी प्राप्त भएको छ ।
साथै मगर संघ अमेरिकाले पनि दाह संस्कार खर्चको लागि आर्थिक सहयोग संकलन अभियाननै चलाएको छ । देलावेयरबाट न्युयोर्क सम्म मृतकको लास ल्याउन र अन्तिम संस्कार गर्न करिब पन्द्र हजार डलर सम्म खर्च हुने सम्भाबना देखिएको मगर संघ अमेरिकाका अध्यक्ष दिप सागर बुढा मगरले बताउनु भयो ।
यहाँहरु पनि यो दुखद घडीमा सहयोग गर्न चाहानु हुन्छ भने मगर संघको अफिसियली फोन नं 917-596-4810 मा ZELLE गर्न सक्नु हुनेछ ।






