आज न्युयोर्कको टाईम्स स्क्वायरमा जेनजीको प्रदर्शनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली तथा मैनबत्ती प्रज्वलन कार्यक्रम हुने ।

न्युयोर्क । आज अमेरिकाको न्युयोर्कमा नेपालमा भएको जेनजीको प्रदर्शनमा सहिद भएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिप तथा मैनबत्ती प्रज्वलन कार्यक्रम हुने भएको छ । न्युयोर्कको अति ब्यस्त टाईम्स स्क्वायर स्थित सॉझ ८:०० बजे सो कार्यक्रम राखिएको छ ।


जेनजी समुहको साहसको सम्मान गर्न, उनीहरूको क्षतिमा शोक मनाउन र उनीहरूका परिवार र समुदायसँग ऐक्यबद्धतामा समर्थन गर्न सो कार्यक्रम राखिएको हो । न्युयोर्क, न्युजर्सी र कनेक्टिकट वरपर रहनुहुने सम्पूर्ण नेपाली जनहरूलाई सो कार्यक्रममा सहभागी भई दिप तथा मैनबत्ती प्रज्वलन गरि सहिद प्रति समवेदना सहित श्रद्धाञ्जली ब्यक्त गर्न कार्यक्रममा सहभागीताको लागि हार्दिक अनुरोध गरिएको छ । 
नेपालमा जेन-जी समुहले गरेको भ्रष्टचार बिरुद्धको शान्तिपूर्ण र्यालीमा प्रहरीको गोली खाई ३४ जनाले ज्यान गुमाईसकेका छन् ।

Advertisment