काठमाडौँ : देशभर इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयलाई सामाजिक सञ्जालमा सर्वसाधारणको चौतर्फी विरोध गर्दै अभियान सुरु भएको छ ।
सर्वसाधारणबाट इम्बोस्ड नम्बर प्लेटको शुल्क अत्यधिक हुँदा प्रश्न उठाईएको छ । हाल इम्बोस्ड प्लेट जडानका लागि दुईपांग्रे सवारीले दुई हजार पाँच सय, तीनपांग्रेले दुई हजार नौ सय, साना तथा मझौला चारपांग्रेले तीन हजार दुई सय र ठुला सवारीले तीन हजार ६ सय रुपैयाँ बुझाउनुपर्छ । यो हाल चल्तीको सवारी नम्बर प्लेट फेर्दा लाग्ने शुल्कको तुलनामा धेरै महँगो हो ।

हुन त अहिले संसारका धेरै देशमा इम्बोस्ड नम्बर छ । तर, त्यहाँ सरकारले एकलौटी ठेक्का दिएको सामान्यतया भेटिँदैन ।
दुई वर्षसम्म चालक अनुमति पत्र उपलब्ध गराउन नसकेको यातायात व्यवस्था विभागले एक महिनामा २५ लाख सवारीलाई इम्बोस्ड नम्बर अनिवार्य गर्न गरेको सूचना व्यवहारिक नभएको भन्दै अर्बाै कमिशनको खेल होकी भन्ने कुरा सामाजिक सञ्जालमा सर्वसाधारणको सर्वत्र आलोचना सरकारप्रति देख्न सकिन्छ ।






