‘नेपालमै पहिलो फ्लाइङ कार’ यसरी झुक्याईए नेपाली र सरकार !

काठमाडौं ।राजधानीमा आयोजित नाडा अटो शोमा आयोजकहरूले ‘नेपालमै पहिलो फ्लाइङ कार’ भनेर ठूलो तामझामसहित प्रचार गरेको कार आखिरमा सडकमा गुड्न नसक्ने र करिब १५ मीनेट मात्र आकाशमा उड्न सक्ने उच्च क्षमताको ड्रोन रहेको वास्तविकता खुलेको छ । प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुक्याइएको आशंका छ ।
प्रधानमन्त्रीले उक्त कारको उद्घाटनका गर्दै  प्रशंसा पनि गर्नुभएको थियो । सो कार्यक्रमलाई आयोजक र आयातकर्ताले दर्शकहरूलाई लोभ्याउनका साथै टिकट बिक्री बढाउने उद्देश्यले प्रचारको यस्तो काइदा अपनाएको एक स्रोतले बताएको छ ।

Advertisment