कुलमानसँग अमेरिकामा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) र तामाङ सोसाइटी अफ अमेरिकाको अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

अगस्ट ४,न्युयोर्क ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) र तामाङ सोसाइटी अफ अमेरिकाको संयुक्त आयोजनामा भएको विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकाको विभिन्न राज्यहरूमा नेपाली संस्थाहरूले आयोजना गरिएको कार्यक्रममा आई पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग अमेरिकाको न्युयोर्कमा पनि प्रत्यक्ष रूपमा नेपाली समुदायले अन्तर्क्रिया गरेका थिए ।

नेपाल देखि उज्यालो अभियानमा लागेका घिसिङ प्रवासममा पनि सबै नेपालिलाई सहयोगको लागि  आह्वान गरेका छन ।
कार्यक्रमको आयोजना न्युयोर्कमा रहेका अमेरिकाका नेपाली जनजाति संस्थाहरू, न्युयोर्क च्याप्टर एनआरएनए, अन्य नेपाली संस्थाहरू, विद्यार्थीहरू तथा अन्य विशिष्ट ब्यक्तिहरूको उल्लेख्य रूपमा उपस्थिति रहेको थियो ।


घिसिङसँग विशेष गरी राजनीतिक तथा नेपालको आर्थिक विकास निर्माण सम्बन्धी खासगरी ऊर्जाका सेरोफेरोमा समुदाय सदस्यहरूले अभिरुचिपूर्ण रूपमा जिज्ञासा राखेका थिए भने घिसिङले सबैको जिज्ञासाको उत्तर सहज रूपमा दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य तामाङ सोसाइटी अमेरिकाका अध्यक्ष तुल बहादुर तामाङले गरेका थिएँ भने कार्यक्रम संचालन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)का महासचिब दिपक चौधरीले गरेका थिए । कार्यक्रमको अन्त्यमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)का अध्यक्ष तोरण गुरूङले आफ्नो मन्तव्य राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

Advertisment