अगस्ट ४, न्युयोर्क ।
धादिङ नेपाली समाज अमेरिकाले वनभोज तथा तेस्राे साधारणसभा कार्यक्रम आईतबार सम्पन्न गरेको छ । अन्तरक्रिया तथा मनोरन्जनका लागि वनभोजको आयोजना गरिएको कार्यक्रममा ३०० भन्दा बढी धादिङ्गेहरुले सहभागीता जनाएका थिए ।

समाजकाे साधारण सभा बिहान १० देखि १२ बजेसम्म भएको थियोे भने पिकनिक तथा मनोरञ्जन कार्यक्रम मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म गरिएको थियो।

अमेरिकामा करिब ३ हजार भन्दा बढीको हाराहारीमा धादिङ जिल्लाका बासिन्दाहरू रहेको अनुमान छ भने तथापी धादिङ नेपाली समाज अमेरिकामा हाल आजिवन सदस्य ९६ जना र साधारण सदस्य ३९५ जना रहेका छन् ।








