पोखरा, १७ साउन
बागलुङ–पोखरा मगर समाजको नवौं अधिवेशन तथा १८ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा सुबेदार मेजर (अ.) चन्द्रबहादुर थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न समाजको अधिवेशनबाट उपाध्यक्षमा रूद्रबहादुर श्रीसमगर, सचिवमा कृष्णा पुनमगर, सह–सचिवमा सुबेदार मेजर (अ.) रामबहादुर थापामगर, कोषाध्यक्षमा नरमाया पुनमगर र सह–कोषाध्यक्षमा होमबहादुर थापामगर सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, १५ सदस्यीय कार्यसमितिका नवनिर्वाचित सदस्यहरूमा सुनिता रानामगर, चन्द्रकली थापामगर, सुबेदार मेजर (अ.) सूर्यबहादुर रानामगर, दलबहादुर थापामगर, पदमबहादुर श्रीसमगर, मनबहादुर श्रीसमगर, हिरा पुनमगर, विमला श्रीसमगर र बोमबहादुर थापामगर रहनुभएको छ । यसअघि, समाजका पूर्व अध्यक्ष क्या. मीनबहादुर पुनमगरको संयोजकत्वमा गठित निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । निर्वाचन मण्डलका सदस्यहरूमा दलबहादुर थापामगर, किरणप्रसाद थापामगर, नरबहादुर थापामगर र तारा थापामगर रहनुभएको थियो ।
अधिवेशनले नै समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगर, पूर्व अध्यक्षहरू क्या. मीनबहादुर पुनमगर, भीमबहादुर श्रीसमगर, रामबहादुर पुनमगर र गजेन्द्र थापामगर, नरबहादुर थापामगर, रनमाया थापामगर र तुलबहादुर श्रीसमगरलाई सल्लाहकारमा चयन गरेको छ । त्यस्तै, सामाजिक परीक्षण समितिमा रामबहादुर पुनमगर, हिमबहादुर श्रीसमगर, तारा थापामगर, नरबहादुर थापामगर, किरणप्रसाद थापामगरलाई चयन गरेको छ ।
यसअघि, अधिवेशन तथा समाजको नवनिर्मित भवनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडामा बसोबास गर्ने सबै जातजाति र भाषाभाषीका लागि वडाले सहयोग गर्दै आएको बताउनुभयो । समाजको क्रियाशीलता देखेर आफूलाई निकै खुशी लागेको भन्दै उहाँले समाजको नवनिर्मित भवनका लागि थोरै भएपनि बजेट सहयोग गर्न पाएको र आगामी दिनमा समेत आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको भाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षणका लागि यस्ता समाजहरूले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । बागलुङबाट पोखरामा आएर बसोबास गर्ने मगर समुदायका लागि समाजले नेतृत्वदायी भूमिका खेलेकोमा प्रशंसा गर्दै उहाँले मगर भाषा कक्षा सञ्चालनलगायतका अन्य रचनात्मक गतिविधिसँग आफू नजिक हुन पाएकोमा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालका अध्यक्ष हर्क आलेमगर, मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष यामबहादुर थापामगर, नेपाल मगर संघ, रामबजार इकाई समितिका अध्यक्ष सुधा थापामगर, बागलुङ समाज पोखराका अध्यक्ष ठाकुरप्रसाद सापकोटा, धौलागिरि टोल विकास संस्थाका अध्यक्ष सुबेदार पूर्णबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा लोक तथा दोहोरी गायिका सरिता सारूमगर र गायक रामचन्द्र थापामगरले सांगीतिक प्रस्तुती राखेका थिए भने समाजका कलाकारहरू सालैजो, झ्याउरेलगायतका विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
बागलुङ–पोखरा मगर समाजका निवर्तमान अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष सुबेदार मेजर चन्द्रबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनले निवर्तमान सचिव रूद्रबहादुर श्रीसमगरले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।