होटल डेस्टिनेश र श्री मित्रता सहकारी बिच सहकार्य

 

पोखरा ।श्री मित्रता सहकारीका सदस्यहरुलाई होटल डेस्टिनेशनमा विशेष छुट प्रदान गरिने भएको छ । पोखरा लेकसाईड स्ट्रीट नम्बर २३ मा रहेको होटल डेस्टिनेशन इनमा सहकारीका सदस्यहरुलाई होटल, रेष्टुरेण्ट र स्पामा विशेष छुट प्रदान गर्ने गरी होटल सञ्चालक र सहकारी बीच सम्झौता गरिएको छ । होटलका संचालक  श्रावण कुमार जैसवाल र मित्रता बहुुद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार सहकारीका सदस्यहरुले होटलमा ३० प्रतिशत, रेष्टुुरेण्टमा १५ र स्पामा ४० प्रतिशत छुुट पाउने छन । उक्त सम्झौता लागुगर्न सहकारीका सदस्यहरुले सदस्यता पत्र अनिवार्य देखाउनुपर्नेछ ।सहकारी संगको सम्झौताले आफ्नो ब्यवशायको प्रवद्र्धन संगै ब्यवशायमा थप टेवा पुुग्ने होटलका संचालक श्रावण कुमार जैसवालले वताए । त्यस्तै सहकराीका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवा ब्यवशायीहरु संग सहकार्य गरेर अगाडि वढ्ने उद्देश्य सहित युवा हरुद्धारा  सञ्चालित हरेक ब्यवशायी संघ संस्था संग सहकारीले सहकार्य गर्दै अगाडि वढिरहेको वताए ।

Advertisment