जोर्डन, ३ अक्टोबर
हङकङमा बस्ने मगर समुदायको साझा सामाजिक संस्था मगर सङ्घ हङकङको १० औँ अधिवेशनले हर्कप्रसाद रानामगरलाई अध्यक्षमा चयन गरेको छ ।
सङ्घलाई कल्याणकारी संस्थाको रुपमा विकसित गर्दै लैजाने नीति अनुसार हालै सम्पन्न अधिवेशनले दुई उपाध्यक्षमा यमबहादुर बुढाथोकीमगर, उपाध्यक्ष कुमारी थापामगर, महासचिव रवीन्द्र थापामगरलगायत सर्वसम्मत निर्वाचित भएका थिए । बाँकी सदस्यहरू समितिको पहिलो बैठकले निर्णय गर्ने सहमति भएको नवनिर्वाचित समितिका अध्यक्ष रानामगरले बताउनुभयो ।
अधिवेशनको उद्घाटन हङकङ महावाणिज्य दूत उदय रानामगरले गर्नुभएको थियो । मगर सङ्घ हङकङका अध्यक्ष युगमाया रानामगरको अध्यक्षता र महासचिव नन्द रानामगरले सञ्चालन गर्नुभएको थियो । उद्घाटनसत्र पश्चात सञ्चालन भएको बन्द सत्रले आर्थिक र साङ्गठनिक प्रतिवेदन पारित गर्दै निर्वाचन मण्डलको संयोजक तथा प्रमुख आयुक्त मनोज सूर्यवंशीमगरले सर्वसम्मत निर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो । यता, मगर संघ हङकङको एउटा समूहले भने नवनिर्वाचित नेतृत्वप्रति असहमति जनाएको छ ।
मगर सङ्घ हङकङको अध्यक्षमा हर्कप्रसाद रानामगर निर्वाचित
१९ आश्विन २०७८, मंगलवार
216
Advertisment