मगर संघ अमेरिका न्यूयाेर्क च्याप्टरकाे तेस्रो अधिवेशन सम्पन्न !

वीर घर्ती मगर
न्यूयाेर्क, सेप्टेम्बर २६
नेपाल मगर संघ अमेरिका न्यूयाेर्क च्याप्टरको तेस्राे अधिवेशन आईतवार सम्पन्न भएको छ । न्यूयाेर्कमा
बसोबास गर्ने मगरहरूबाट भएको अधिवेशनले ओमकार बुढा मगरकाे अध्यक्षतामा नेपाल मगर संघ अमेरिका न्यूयाेर्क च्याप्टरको पदमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
अमेरिका न्यूयाेर्क च्याप्टर को तेस्राे अधिवेशन कार्यक्रमको उद्घाटन  नेपाल मगर संघ केन्द्रीय अमेरिकाका अध्यक्ष कुलदिप राना मगरले गर्नुभएको थियोे ।  राना मगरले समाज परिवर्तनको लागि सोंच र विचार पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । अव आउने कार्यक्रममा अमेरिकामा उच्च शिक्षा हासिल गरि उच्च अंक ल्याउने  तीन जना मगर विद्यार्थीहरूलाई सम्मान पत्र र अमेरिकी डलर पन्ध्र सय, एक हजार र पाँच सयकाे दरले सम्मान गरिने बताउनुभयो ।
न्यूयाेर्ककाे उडसाईड एभिन्युमा भएको अधिवेशनले ओमकार बुढा मगरकाे सहितकाे  अध्यक्षतामा संघकाे १५ सदस्यीय नया कार्यसमितिमा उपाध्यक्षमा थम बहादुर राेका मगर , सचिवमा अमृत राेका मगर, सह–सचिवमा रत्नसिह गर्बुजा मगर, कोषाध्यक्षमा विकास घर्ती मगर, सह-काेषाध्यक्षमा यमकुमारी थापा मगरलाई निर्वाचित गरिएको छ भने सदस्यहरु प्रेमाकुमारी घर्ती मगर, प्रिथिमाया पुन मगर, सुनिल घर्ती मगर, निराेज पुलामी मगर, सुसाङ बुढा मगर, राजु घर्ती मगर, मधुकर बुढा मगर, राजकुमार पुन मगर र वीर बहादुर घर्ती मगरलाई चयन गरिएको छ ।

समाजमा विद्यमान विकृति र विसंगतिलाई चिरेर सुसंस्कृति र सभ्य समाज निर्माणमा महिला तथा युवाको अहम भूमिका रहेको भन्दै यसका लागि समाज सेवा महत्वपूर्ण रहेकोले युवाहरुलाई विषेशगरी सामाजिक क्षेत्रमा पनि जोड दिन विशेष अतिथि फिफ्नाका निवर्तमान अध्यक्ष मान बहादुर राना मगरले आग्रह गर्नुभयो ।
राेशन थापा मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा संघको वार्षिक प्रतिवेदन प्रस्तुत सर्वसम्मतले पारित गरिएको थियो । यसै अबसरमा समाजमा विभिन्न क्षेत्रमा योगदान दिने जेष्ठ नागरिक भुतपुर्व डिएसपी भिम बहादुर थापा मगरलाई खादा लगाई सम्मान गरिएकाे थियो भने आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । साे अधिवेशनको उद्घाटन सत्रमा हाल निर्वाचीत अध्यक्ष ओमकार बुढा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव दिपक राेका मगरले गर्नुभएको थियो ।मगरहरूले वास्तविक रूपमा सहयोग पुर्याउनको लागि सबै मगरहरूकाे खाचो रहेकोले आ-आफ्नो क्षमता अनुसार  सहयोग गर्न आग्रह गर्नुपर्ने भन्दै अमेरिका न्यूयाेर्क च्याप्टरका पूर्व अध्यक्ष याम पुन मगरले बताउदै नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभयाे ।
कार्यक्रमको समापन निर्वाचन आयुक्त मान बहादुर राना, निर्वाचन सदस्य रूकु राना र कुमार थापा मगरले महाअधिवेशनकाे म्याण्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गरि गरिएको थियोे ।

Advertisment