रोजगार विभागका कर्मचारीले व्यवसायीलाई दुःख दिए ः व्यवसायी उप्रेती

पोखरा, २ साउन
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ, गण्डकी प्रदेशका सह–संयोजक प्रवेशचन्द्र उप्रेतीले वैदेशिक रोजगार विभागका कर्मचारीले व्यवसायीलाई दुःख दिएको आरोप लगाउनुभएको छ ।
सह–संयोजक उप्रेतीले सामाजिक सञ्जालमार्फत् कोभिड–१९ महामारीबाट थला परेका व्यवसायीलाई विभागका कर्मचारीले अनावश्यक दुःख दिएर झनै पीडित बनाएको आरोप लगाउनुभएको हो । विभागका कर्मचारीले अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थाका व्यवसायीलाई नवीकरण प्रक्रिया जटिल बनाइ दुःख दिएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमार्फत् उप्रेतीले व्यवसायीको आईडी समेत निष्क्रिय बनाइदिएको बताउनुभएको छ ।
दुःख दिने कर्मचारीलाई मन्त्रालयले स्पष्टीकरण लिनुपर्ने र व्यवसायीलाई न्याय दिनुपर्ने भन्दै उद्योगी, व्यवसायीका नेता उप्रेतीले अन्यथा, आन्दोलनमा उत्रिन व्यवसायीलाई अपिल समेत गर्नुभएको छ ।

Advertisment