गण्डकी प्रदेश प्रमुख शेरचन काठमाडौंमा सम्मानित

पोखरा, ४ वैशाख
गण्डकी प्रदेश प्रमुख अमिक शेरचन काठमाडौंमा सम्मानित हुनुभएको छ ।
प्रदेश प्रमुख शेरचनलाई शनिबार काठमाडौंमा आयोजित सातौं वार्षिक केन्द्रीय सभाको अवसरमा थकाली सेवा समिति, नेपालले सम्मान गरेको हो । शेरचनलाई प्रदेश प्रमुख बन्न सफल भइ थकाली समुदायको गौरव बढाएको भन्दै थकाली सेवा समितिले सम्मान गरेको हो ।
कार्यक्रममा प्रदेश प्रमुख शेरचनलाई समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले सम्मानपत्र र फेटासहित सम्मान गर्नुभएको थियो ।

Advertisment