पोखरा वृद्धाश्रममा एकता सहकारीको खाद्यान्न तथा फलफूल सहयोग

पोखरा, २७ चैत्र
एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि खाद्यान्न तथा फलफूल सहयोग गरेको छ ।
सो सहकारीको १० औं स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा खाद्यान्न तथा फलफूल सहयोग गरिएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष बालकृष्ण काउछामगरले ‘वृद्धाश्रममा एकता’ अभियान अन्तर्गत सहकरीले आफ्नो स्थापना दिवसमा सहयोग गरेको बताउनुभयो ।

अध्यक्ष काउछामगरले सहकारीले मुनाफा मात्रै कमाउनेतिर भन्दा पनि दुःखी, गरिब र ज्येष्ठ नागरिकका लागि सहयोगी बन्ने प्रयास गर्दै आएको उल्लेख गर्नुभयो ।
पोखरा वृद्धाश्रमकी उपाध्यक्ष मनु खत्री, सहकारीका संस्थापक कोषाध्यक्ष झम्कनाथ पोखरेल र सहकारीका सचिव सुदर्शन पौडेलले सहकारीले सामाजिक कार्यमा समेत आफूलाई सक्रिय रुपमा सहभागी गराउँदै आएको बताउनुभयो । कार्यक्रममा सहकारीको सञ्चालक समितिका पदाधिकारी तथा शेयर सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

Advertisment