मगर संघ, रामबजारको अध्यक्षमा क्या. थापा

मीना थापामगर
पोखरा, २१ चैत्र
नेपाल मगर संघ, महिला संघ तथा युवा संघ रामबजार इकाई समितिको १९ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगरले मगरहरु संगठित भएर बौद्धिक छलफलमा जोड दिनुपर्ने बताउनुभयो । समाजमा विद्यामान विकृति र विसंगतिलाई चिरेर सुसंस्कृति र सभ्य समाज निर्माणमा महिला तथा युवाको अहम भूमिका रहेको भन्दै यसका लागि शैक्षिक पाटो महत्वपूर्ण रहेकोले युवाहरुलाई विषेशगरी शैक्षिक क्षेत्रमा जोड दिन आग्रह गर्नुभयो ।
यसैगरी नेपाल मगर संघ केन्द्रिय समितिका पूर्व उपाध्यक्ष श्याममाया रानामगरले समाज परिवर्तनको लागि सोंच र विचार पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । अव हुने राष्ट्रिय जनगणनमा मगरहरुको वास्तविक तथ्याङ्कमा सहयोग पु¥याउनको लागि सबै मगरहरुले आफ्नो मौलिक पहिचान झल्किने गरी परिचय खुलाउन उहाँले आग्रह गर्नुभयो ।
लक्ष्मीटोल रामबजारस्थित सघको आफ्नै भवनमा भएको अधिवेशनले क्या. थमनसिं थापा मगरको अध्यक्षतामा नेपाल मगर संघ रामबजार इकाई समितिको १५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा सुधा थापा मगर, सचिवमा क्या. अमर बहादुर राना मगर, सह–सचिवमा गंगाा ठाडा मगर, कोषाध्यक्षमा सु. सन्तबहादुर थापा मगरलाई निर्वाचित गरिएको छ भने सदस्यहरु सु. भिम बहादुर थापा मगर, जगत बहादुर थापा मगर, ममता थापा मगर, सिता थापा मगर, एकबहादुर थापा मगर, सोम नारायण राना मगर, शान्ती थापा मगर, बाबुराम राना मगर, बसन्त थापा मगर र मिना मास्की मगरलाइए चयन गरिएको छ ।
यसैगरी नेपाल मगर महिला संघ रामबजार इकाई समितिको अध्यक्षमा लक्ष्मी थापा मगरलाई चयन गरिएको छ भने उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमश ः विष्णु थापा मगर, रेणु थापा मगर, खुवी थापा मगर र गीता आले मगर रहेका छन् । सदस्यहरुमा निरमाया थापा मगर, खेमाया थापा मगर, हरिमाया थापा मगर, तारा थापा मगर, जित कुमारी थापा मगर, मिरा थापा मगर, जमुना राना मगर, घनी थापा मगर, नर माया राना मगर, चेत कुमारी राना मगर रहेका छन् ।
यवा संघ रामबजारमा ओम बहादुर विरकट्टा थापा मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्ष तृष्णा थापा मगर, सचिव कमल थापा मगर, सहसचिव डिलबहादुर थापा मगर, कोषाध्यक्ष शान्ती राना मगर र सदस्यहरु किश्मिता थापा मगर, गोमा कुमारी थापा मगर, बिमला थापा मगर, सिम्रन आले मगर, राजेन्द्र थापा मगर, सोम बहादुर थापा मगर, इभा राना मगर, दिपेन थापा मगर रहेका छन् ।
यस अघि बन्दसत्रमा नेपाल मगर रामबजार इकाई समितिका सहकोषाध्यक्ष सन्त बहादुर थापा मगर, महिला संघका कोषाध्यक्ष गीता आले मगर र युवा संघका कोषाध्यक्ष ओम बहादुर थापा मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । साथै मूल समितिका सचिव क्या। अमर बहादुर राना मगरले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भलाई कोषको प्रतिवेदन भलाई कोष समितिका कोषाध्यक्ष सु। लोकबहादुर रानामगरले र भवन संरक्षण समितिका संयोजक ना।सु। खुमबहादुर थापा मगरले भवन संरक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसै अबसरमा समाजका विभिन्न क्षेत्रमा योगदान दिने तथा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । यस वर्ष उच्च शिक्षा हासिल गर्ने समाजमा आबद्ध ३ जना, ं२ उत्तीर्ण २३ जना विद्यार्थीहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो भने १४ जना वृद्धवृद्धालाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । यसैगरी यस वर्ष समाजमा ५० हाजर भन्दा बढी रकम सहयोग गर्ने सहयोग दाताहरु टोप बहादुर थापा मगर, क्या। थमन सिं थापा मगर, सु। ज्ञानन्द्र थापा मगर र चाम बहादुर थापा मगरलाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष ढालबहादुर मास्की मगरको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा महिला संघका अध्यक्ष दान कुमारी थापा मगरले स्वागत मन्तव्य राख्नभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव क्या। अमर बहादुर राना मगरले गर्नुभएको थियो ।

Advertisment