गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा प्रदेशसभाको अधिवेशन आह्वान

पोखरा, १९ चैत्र
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम यही चैत्र २५ गतेका लागि प्रदेश प्रमुख शेरचनले बिहीबार प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेशसभा बैठक दिनको १ बजे बस्नेछ ।

Advertisment