तनहुँको ढोरबाराहीमा शिंगो भूपू सैनिकको पारिवारिक वनभोज

दुलेगौंडा, १२ चैत्र
५/३ जीआर (शिंगो) भूपू सैनिक संगठन, सुन्दर नगरी पोखराको पारिवारिक वनभोज कार्यक्रम तनहुँको शुक्लागण्डकी नगरपालिकामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा समाजसेवी सु. सोमबहादुर गुरुङले संगठनलाई आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । आर्थिक सहयोगदाता गुरुङ दम्पतीलाई संस्थाका अध्यक्ष क्या. टंकबहादुर घलेले सो अवसरमा सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।
पारिवारिक वनभोज कार्यक्रमलाई सफल बनाउन सांस्कृतिक संयोजक सल्लाहकार क्या. चोकबहादुर गुरुङ, पेय पदार्थ संयोजक जेसीओ सु. गणेशबहादुर राना, खाना तथा खाजामा सु. शेषकान्त थापा, यातायात व्यवस्थापनमा सह–सचिव सीएचएम जीवनकुमार गुरुङ, ढोरबराही मन्दिर पूजा व्यवस्थापनमा क्या. चित्रबहादुर थापालाई संयोजनको जिम्मेवारी दिइएको थियो । सो कार्यक्रमको सम्पूर्ण संयोजन भने सल्लाहकार क्या. राजबहादुर गुरुङले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष क्या. टंकबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं संगठनका संरक्षक मेजर गमबहादुर गुरुङ, क्या. गुञ्जबहादुर गुरुङ, सु. प्रेमचन्द्र गुरुङ, सु. यामबहादुर राना, सु. प्रसाद पुन, सु. दुर्गाबहादुर गुरुङ र सु. खेमबहादुर पुनको सहभागिता थियो । कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष सीएचएम खिमबहादुर गुरुङ र सचिव क्या. बुद्धिबहादुर थापाले बोल्नुभएको थियो ।

Advertisment