मिलन फाउण्डेशनका संरक्षक गुरुङलाई मोदी गाउँपालिकाको सम्मान

पातीचौर (पर्वत), ९ चैत्र
मोदी गाउँपालिका, पर्वतले सामाजिक क्षेत्रमा क्रियाशील मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ “मिलन”लाई सम्मान गरेको छ । गाउँपालिकाले आफ्नो चौथो स्थापना दिवसको अवसरमा फाउण्डेशनमार्फत् शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रमा योगदान दिएको भन्दै संरक्षक गुरुङलाई सम्मान गरेको हो ।
गाउँपालिकाले आयोजना गरेको चौथो स्थापना दिवस समारोहका अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले सम्मान गर्नुभएको हो । सो अवसरमा मिलन ट्रष्टकी संरक्षक सावित्री गुरुङले फाउण्डेशनको तर्फबाट सम्मान ग्रहण गर्नुभएको थियो ।
त्यस्तै, गाउँपालिकाको स्थापना दिवसका अवसरमा विभिन्न विधामा सम्मान गरिएको थियो । जस अन्तर्गत राष्ट्रसेवक कर्मचारीतर्फ कम्प्युटर अपरेटर भाष्कर रेग्मी, कविराजतर्फ प्रकाशचन्द्र सुवेदी, वडा नं. २ की वडा सचिव गायत्री चपाईं, शिक्षकतर्फ जननेत्र माविका भूमिराज शर्मा, डिमुवा प्राविका मोती थापा, उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितितर्फ हलहले उद्यम भवन निर्माण उपभोक्ता समिति, खेलाडीतर्फ मोदी–२ का हिरा केसी, उद्यमीतर्फ लेस्पार पाउरोटी उद्योग, मोदी–४ का प्रेमबहादुर पुन, कृषि फर्मतर्फ ग्रीन भिलेज कृषि फर्म, मोदी–७, पशु फर्मतर्फ विशाल पशु फर्म, मोदी–६ र होमस्टेतर्फ सामुदायिक होमस्टे, मोदी–८, चित्रे सम्मानित भएका छन् ।

Advertisment