नेपाल मगर संघ, कास्कीले मनायो माघे संक्रान्ति

पोखरा, १ माघ
मगर तथा थारू समुदायले मनाउँदै आएका माघे सक्रान्ति पर्व कास्कीमा पनि मनाइएको छ ।
नेपाल मगरसंघ कास्कीको आयोजनामा विहीबार पोखराको रंगशाला गेट अगाडी संघकै भवनमा भएको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरी भव्यताका साथ मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघका पूर्व केन्द्रीय अध्यक्ष एवं केन्द्रीय संरक्षक झकबहादुर थापामगरले परापुर्वकाल देखि यो पर्वमा पितृपूजा गरी चेलीबेटीलाई बोलाएर विभिन्न परिकार बनाएर खुवाउनुका साथै दक्षिणा दिएर विधाइ गरिने चलन रहेको र त्यसैलाई निरन्तरता दिदै आएको बताउनुभयो । उहाँले यस दिनले सम्पूर्ण देशवासीलाई शुख, सान्ति र समृद्धी मिल्नुका साथै सवै सामुदाय वीचमा सहिष्णुता रहने शक्ती मिल्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।
तमु धी नेपालका अध्यक्ष हुमबहादुर गुरुङले हक, अधिकारका लागि सवै आदिबासी समुदायहरु सचेतपुर्व अघी वढ्नुपर्नेमा जोड दिनुहुँदै राज्यमा पहुँच पु¥याउनका लागि सवै प्रतिबद्ध हुनुपर्ने आग्रह गर्नुभयो । यो पर्व मगर सामुदायको मात्र नभएर राष्ट्रको भएकाले राज्यले राष्ट्रिय पर्वको रुपमा मान्नुपर्ने अध्यक्ष गुरुङले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघ, कास्कीका अध्यक्ष सरिता सारुमगर, पार्वती थापामगर, चिना थापामगर, कल्पना आलेमगर, रेनु रिलामीमगर, सञ्जय पुनमगरलगायतका कलाकारहरुले सांस्कृतिक र्काक्रम प्रस्तुत गरेका थिए । नेपाल मगरसंघ कास्कीकी अध्यक्ष संगीता पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष बुद्धिमाया थापामगरले गर्नुभएको थियो भने सञ्चालन सचिव रामबहादुर थापामगरले गर्नुभएको थियो ।

Advertisment