मेजर थापाको संयोजकत्वमा सर्वजातीय अधिकार मञ्च गठन

पोखरा, १८ पुस
गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार सम्पन्न प्रथम ऐतिहासिक सर्वजातीय भेलाले मेजर चोकबहादुर थापाको संयोजकत्वमा ४३ सदस्यीय सर्वजातीय अधिकार मञ्च नामक संगठनको स्थापना गरेको छ ।
मञ्चले आफ्नो नाराका रुपमा सर्वजातीय संविधानसभा, सर्वजातीय सरकार र सर्वजातीय कर्मचारी प्रशासनलाई अघि सारेको भेलाको संयोजन गरेका अभियन्ता यामबहादुर घर्तीमगरले जानकारी दिनुभयो । जातीय जनसंख्याको आधारमा जातीय संघसंस्थामार्फत् पठाइएको प्रतिनिधिहरूको सर्वजातीय संविधानसभा गठन गरिनुपर्ने आफूहरूको प्रस्ताव रहेको घर्तीमगरले बताउनुभयो ।
भेलाको अध्यक्षता गरेका रूद्रबहादुर गुरुङले संविधान, ऐन, कानून निर्माण गर्ने ठाउँमा सबै जातिको समान प्रतिनिधित्व हुनुपर्नेमा मञ्चले जोड दिएको उल्लेख गर्नुभयो । नवगठित मञ्चका संयोजक थापाले सर्वजातीय संविधानसभा गठनका लागि मञ्चले देशव्यापी अभियान चलाउने घोषणा गर्नुभयो ।

Advertisment