लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले दुई क्लबसँग मितेरी साइनो गाँस्यो

पोखरा, २९ मंसिर
लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले अन्य दुई लायन्स क्लबसँग मितेरी साइनो गाँसेको छ ।
आइतबार आयोजित चार्टर नाइटका अवसरमा सो क्लबले लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा ब्लु स्काइसँग मितेरी साइनो गाँसेको हो ।
लायन्स क्लब इन्टरनेशनल ३२५ बी वानका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाको विशेष उपस्थितिमा स्मार्ट टाउनकी अध्यक्ष लक्ष्मी शर्माले लायन्स क्लब गण्डकी प्रदेशकी अध्यक्ष कोपिला श्रीस र ब्लु स्काइका अध्यक्ष युवराज पौडेलसँग एक आपसमा टीका लगाउने र उपहार आदानप्रदान गरेर मितेरी साइनो गाँस्नुभएको हो ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर रोकाले मितेरी साइनोले लायन्स क्लबहरूबीच एक आपसमा सौहार्दता बढाउने र सामाजिक सेवामा समर्पित हुन सहज हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल, क्याबिनेट कोषाध्यक्ष उदयकुमार नेपाल, कोचिफ एड्भाइजर चण्डीप्रसाद अर्याल, डिपार्टमेण्ट चिफ शिवराज आचार्य, जोन चेयर पर्सन सुरेन्द्र पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनकी अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुजाता श्रेष्ठले गर्नुभएको थियो । चार्टर नाइटका अवसरमा क्लबकी चार्टर प्रेसिडेण्ट कविता श्रेष्ठले आफ्नो तर्फबाट क्लबका विभिन्न पदाधिकारी एवं सदस्यलाई विभिन्न पुरस्कार एवं मायाको चिनो वितरण गर्नुभएको थियो ।

Advertisment