बागलुङ समाज, सैनिकबस्तीको अध्यक्षमा राना

पोखरा, २७ मंसिर
बागलुङ समाज, सैनिकबस्ती ग्रुप नं. २, पोखरा–२९, कास्कीको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा हरकुमार राना चयन हुनुभएको छ ।
शनिबार सम्पन्न समाजको अधिवेशनबाट उपाध्यक्षमा भावना पुन, सचिवमा लक्ष्मण पुन, सह–सचिवमा दिलुमाया काउचा र कोषाध्यक्षमा बल्लुवी श्रीस चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा उत्तम पुन, ज्ञानु पुन, मनमाया बहिक, रोममाया श्रीस, टिका थापा र देवी पुन चयन हुनुभएको छ । त्यस्तै, समाजको अनुगमन समितिमा थलबहादुर पाण्डे, देवीराम थापा र खगी पुन रहनुभएको छ ।
यसैबीच, बागलुङ समाज अन्तर्गतको आमा समूहको समेत नयाँ नेतृत्व चयन भएको छ । आमा समूहको अध्यक्षमा उमादेवी पाण्डे चयन हुनुभएको छ ।
त्यसैगरी, उपाध्यक्षमा विमला थापा, सचिवमा दिलुमाया काउचा, सह–सचिवमा मीना पौडेल र कोषाध्यक्षमा विष्णु थापा चयन हुनुभएको छ भने सदस्यहरूमा भाइरती थापा, मनकली थापा, रनमती घर्ती, नेमकुमारी थापा, दोमाया पुन र ज्ञानु काउचा रहनुभएको छ ।


यसअघि, अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नंं. २९ का वडा सदस्य थलबहादुर पाण्डेले सबै जातजातिलाई समेटेर समाजको स्थापना गरिएको बताउनुभयो । समाजलाई वडाको तर्फबाट सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कोभिड–१९ को महामारीबाट बच्न सबैले सतर्कता अपनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो । सो अवसरमा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार हस्तवीर पुन, पूर्व सचिव दुर्गाबहादुर थापालगायतले समाजले स्थापनाकालदेखि हालसम्म भौतिक एवं जनसांख्यिक रुपमा समेत ठूलो फड्को मारेको उल्लेख गर्नुभएको थियो ।
समाजका अध्यक्ष हरकुमार रानाको अध्यक्षतामा भएको साधारणसभाले सचिव लक्ष्मण पुनले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । सो अवसरमा समाजकी उपाध्यक्ष उमादेवी पाण्डे र सह–सचिव भावना पुनले समेत बोल्नुभएको थियो ।

Advertisment